कुवेतमा “ स्वदेशमा वा प्रवासमाः सबैलाई सामाजिक सुरक्षा” नाराका साथ मजदुर दिवस मनाइने

मिति: 2019-05-03 00:00:00
देश : Kuwait
आयोजक: जिफन्ट कुवेत
स्थान:

कुवेत । नेपाल टेण्ड यूनियन महासंघ जिफन्ट नेपालको वैदेशिक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले अगामीे मे ३ तारिखमा “स्वदेशमा वा प्रवासमा स् सबैलाई सामाजिक सुरक्षा” (“ Social security for All : Within or beyond the country’’) नाराका साथ मजदुर दिवस मनाउने भएको छ ।

जिफन्ट कुवेतले कुवेतको खेतानस्थित राजधानी होटलमा विभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुसगै मजदुर दिवस मनाउने तयारी पुरा भएको महासचिव गोविन्द प्रसाद तिमिल्सिनाले डिसी नेपाललाई जानकारी दिए ।

कार्यक्रममा कुवेत ट्रेड युनियन फेडेरेसन, सोलिडारीटी सेन्टर र सन्धिकन एशोसिएसनको प्रतक्ष्य सहभागिता हुने भएको छ ।

मजदुरहरूको यो विशेष कार्यक्रम भएको हुँदा कुवेतमा श्रम गरेर बस्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उपस्थित भएर श्रम सम्बन्धी धैरे कुराहरू बुझ्न आयोजकले अनुरोध गरेको छ।

उक्त कार्यक्रम दिनको १२ बजेदेखि सुरू हुनेछ ।

विशेष