युएईमा बुद्ध जयन्ती मनाइने

मिति: 2019-05-14 00:00:00
देश : United Arab Emirates
आयोजक: आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका ११ ओटा जातीय संघ संस्थाहरु
स्थान:

युएई । नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका ११ ओटा जातीय संघ संस्थाहरुको संयुक्त आयोजनामा युएईमा गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाइने भएको छ ।

महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले महासंघकै महासचिव सनिल घिसिङको संयोजकत्वमा कार्यक्रमका लागि समिति गठन गरेको छ ।

महासंघ र महासंघ अन्तरगतका ११ ओटा जातीय संघसंस्थाहरु तामाङ समाज युएई, तमु समाज युएई, शेर्पा किदुग युएई, नेपाल मगर समाज, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, प्रवासी माझी समाज, प्रवासी भुजेल सेवा समिति, सुनुवार सेवा समाज, नेवा पुचस्, थारू कल्याणकारी समाज आयोजक रहेका छन।

आगामी जुन १४ तारिखमा युएईको विकसित शहर देरा दुबईस्थित कार्ल्टन टावर होटलको हलमा हुन लागेको उक्त कार्यक्रम औपचारिक ढङ्गले लामागुरुबाट पूजापाठ, बुद्ध दर्शनबारे प्रवचन, वृत्तचित्रहरू प्रस्तुत गर्नुको साथै नेपाल आदिवासी जनजाति कलाकार महासंघ युएईका कलाकारहरू र विभिन्न जातीय सङ्घसंस्थाहरूले आफ्नो सांगीतिक प्रस्तुतिहरू दिने कार्यक्रम रहेको छ ।

विशेष