तारमा विशेष हुँदै यसपालिको इद, नेपाल आइडल, बुगीवुगीसहित अन्य ख्यातिप्राप्त कलाकारहरूले धमका मच

मिति: 2019-06-04 00:00:00
देश : Qatar
आयोजक: एनआरएनए० मध्यपूर्व उपसंयोजक तथा सफल व्यावसायी प्रबिन गुरुङ
स्थान:

दोहा । कतारमा रहेका नेपाली समुदायको लागि यसपालीको ईद विशेष हुने भएको छ । बेरोजगारीको कारण प्रदेशिन बाध्य भएका नेपालीहरुका लागि मनोरञ्जनसहित देशको झझल्को मेटाउने उदेश्यले कतारमा चर्चित कलाकारको साथमा ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ आयोजना गरिएको छ । त्यसैले यसपालिको ईद कतारमा रहेका नेपालीहरूलाई विशेष हुने भएको हो ।

कतार नेपालीहरूको प्रमुख कर्मभूमिका रुपमा परिचित मध्यपूर्वको देश हो । यहाँ करिव ५ लाख नेपालीहरु कार्यरत छन् ।कतारको राष्ट्रिय चाड ईदमा सार्वजानिक विदा दिईने गरिन्छ। । इस्लाम धर्मावलम्बीहरूको महान चाड (रमादान इद–अल फितरको) अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

यो कार्यक्रम कतारमा रहेका नेपालीहरुलाई मनोरञ्जनका लागि मात्रै नभई चितवनमा निर्माण हुन लागेको नेपालकै गौरवको आयोजना ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि सहयोगको पवित्र उद्देश्यसहित आयोजना गरिएको हो । कार्यक्रमबाट संकलन भएको केहि रकम रंगशाला निमार्णमा सहयोग गरिने भएको छ ।

यो विशाल कार्यक्रमको आयोजना गरेका हु्न् गैरआवासीय नेपाली संघ९एनआरएनए० मध्यपूर्व उपसंयोजक तथा सफल व्यावसायी प्रबिन गुरुङले । गुरुङ नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रमको कतारको दोहामा ग्राण्ड फिनाले गर्न सफल भैसकेका व्यक्ति हुन् । उनी एक सामाजिक अभियन्ता पनि हुन् ।

यस्तै कार्यक्रमको कोअर्डिनेटरमा एनआरएनए आईसीसी सदस्य मनोज गोर्खाली रहेका छन् भने व्यवसायी सागर नेपाल सल्लाहकार तथा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले सल्लाहकार तथा मिडिया कोअर्डिनेटरका रुपमा रहेका छन् ।

कार्यक्रम आगामी जुन ४ मा कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरको हलमा हुनेछे कार्यक्रममा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त हस्ती कलाकारहरुको सहभागिता हुनेछ ।

कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरुमा नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरु फस्र्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेण्ड रनरअप प्रदेश नं १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकी अस्मिता अधिकारीसंगै बिजेता सूदूरपश्चिम प्रदेश कञ्चनपुरका रबि ओडले आफ्नो धमाकेदार प्रस्तुति दिनेछन् ।

यसैगरी नेपालको पहिलो अन्तर्रा्िष्ट्रय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का (टप फो) कलाकारहरू बिजेता कविता नेपाली, दोश्रो स्थानमा पर्न सफल तनँहुकी प्रतिभा पुन, तेश्रो सरोज मोक्तान र चौथो रबिन भुजेल सहभागी हुनेछन ।

यस्तै कार्यक्रममा चर्चित र्‍यापर भिटेन, सालको पात टपरी हुनीका गायक कुलेन्द्र बिक, आधुनिक तथा पछिल्लो समयका व्यस्त गायिका अमृता लिम्बु, गायिका छिम्मि मेम्बा, नायिका एलिना रायमाझी, हाँस्यकलाकार एबं विभिन्न चरा चुरुङ्गिको आवाज निकाल्न सक्ने रमेश दुलाल कागे, गायिका तथा उद्घोषिका सन्ध्या बूढा उर्फ काउली बुढी, विशेषगरि टेलिभिजन क्षेत्रका चिरपरिचित उद्घोषक बिबेक खतिवडालगायत अन्य चर्चित कलाकारहरूको प्रस्तुति रहने आयोजक प्रविन गुरुङले बताए ।

छुट्टीमा आयोजना गरिएको उक्त भव्य कार्यक्रममा कतारमा कार्यरत सम्पूर्ण नेपालीहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउनकोे लागि आयोजक गुरुङले अनुरोध गरे । एनआरएनएको समेत सहयोग रहने कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन तथा सहयोग रहेको छ । त्यस्तै जनसवाल राष्ट्रिय दैनिक र डिसी नेपाल डटकम कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेका छन् ।कार्यक्रमले भिजिट नेपालको अभियानमासमेत सहयोग पुग्ने तथा कतारबाट सेखहरु ल्याएर लगानी गराउने आयोजक गुरुङले बताए ।

विशेष