अमेरिकामा पत्रकार किरण मरहठ्ठाको ‘हु इज हु इन द यूएसए’ पुस्तक विमोचनको तयारीमा

मिति: 2019-05-12 00:00:00
देश : United States of America (USA)
आयोजक: पत्रकार किरण मरहठ्ठा
स्थान:

अमेरिका । अमेरिकामा रहेका नेपालीको कथा समेटिएको ‘हु इज हु इन द यूएसए’ नामक पुस्तक अमेरिकामा आगामी मे १२ मा सार्वजनिक हुने भएको छ । विदेशी भूमिका रहेर टेलिभिजन पत्रकारितामा सक्रिय पत्रकार किरण मरहठ्ठाले लेखेको पुस्तक क्यालिफोर्निया स्टेट युनिभर्सिटी, क्यालिफोर्नियाले सार्वजनिक गर्ने भएको हो।

पुस्तकमा अमेरिकामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका ४४ राज्यमा बसोबास गर्ने नेपालीको कथा समेटिएको छ। तीन सय ३२ पृष्ठको पुस्तक पाँच भागमा विभाजित भएको विमोचनअघि आयोजित समीक्षा बोल्दै मरहठ्ठाले जानकारी दिए। पुस्तक अनलाइन भर्सनमा पनि सार्वजनिक हुने पत्रकार मरहठ्ठाले बताए ।

पुस्तक ६२ वटा प्रतिष्ठित विश्वविद्यालयले पुस्तकालयमा राख्ने भएका छन्। पत्रकार मरहठ्ठाले यस अघि ‘द होप’ र मिडिया इन मास’ नामक दुई कृति प्रकाशन गरिसकेका छन् । पुस्तक ‘हु इज हु पब्लिकेसन’ ले प्रकाशन गरेको हो। यसको वितरण भने साङ्ग्रिला बुक अमेरिकाले गर्नेछ।

विशेष