एनआरएनए जापानले जुन २९ मा रक्तदान गर्दे

मिति: 2019-06-29 00:00:00
देश : Japan
आयोजक: एनआरएनए जापान
स्थान:

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनआरएनए० जापानले आगामी जुन २९ तारिखका दिन रक्तदान कार्यक्रम गर्ने भएको छ ।

‘रक्तदान जिवन दान’भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको र आवश्यक तयारीको लागि निरा उपाध्यायलाई संयोजकको जिम्मेवारी दिएको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिए ।

रक्तदान कार्यक्रम जापान रेडक्रस टोक्यो मेट्रोपोलितीयन ब्लड सेंटर ओएदो लाइन वाकामात्चू खवादा स्टेसनमा १२ बजेबाट बेलुकी ४ बजेसम्म हुने एनआरएनए जापानले जनाएको छ ।

रक्तदान गर्न ईच्छुक दाताहरुले नाम टिपाई सहयोग गरिदिन जापानवासी नेपालीहरुलाई एनआरएनए अध्यक्ष टासि वाङदी लामाले अपिलसमेत गरेका छन् ।

विशेष