गल्कोट स्पोर्ट्स क्लब टोकियोको दोश्रो अधिवेशन १६ जुलाईमा हुने

मिति: 2019-07-16 00:00:00
देश : Japan
आयोजक: गल्कोट स्पोर्ट्स क्लब टोकियो
स्थान:

ज्याक खड्का

टोकियो । गल्कोट स्पोर्ट्स क्लब टोकियोको दोश्रो अधिवेशन १६ जुलाईमा हुने भएको छ । गल्कोट स्पोर्ट्स कल्व जापानमा  ‘स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल’ भन्ने मुख्य नाराका साथ सन २०१५ मा स्थापना भएको थियो।

स्थापना कालदेखि जापानमा हरेक वर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको कल्बले केही समय पहिले मात्रै पाँचौ मैत्रीपूर्ण भलिबल प्रतियोगिता र हाईजिमा युथ कल्बसँगको सहकार्यमा फुटबल पनि सम्पन्न गरेको थियो।

जापानमा रहेर पनि नेपाली खेलमा उल्लेख्य योगदान दिएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लबले टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आएको छ भने प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलकुदसँग सम्बन्धित क्षेत्रका लागि सहयोग गर्दै आएको छ।

विशेष त बागलुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानको टोकियोमा बिभिन्न पेशा व्यवसायमा संलग्न युवाहरूको साझा संस्थाका रुपमा रहेको यस क्लब छोटो समयमा नै जापानवासी नेपालीबीच लोकप्रिय हुँदै गएको छ।

अधिवेशन सिनओकोवुमा अवस्थित सोलमारी नेपाली रेष्टुरेन्टको मुरा हलमा हुँदैछ ।

विशेष