हङकङमा गुरुङ चलचित्र “सली ने औमो” प्रर्दशन हुदैँ

मिति: 2019-01-27 00:00:00
देश : China - Hong Kong / Macau
आयोजक: हङकङ नेप्लीज तेक्वाण्दो फेडरेशनका संस्थापक मास्टर गणेश गुरुङ
स्थान:

हङकङ। शुभेच्छा फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा बनेको गुरुङ भाषाको चलचित्र “सली ने औमो” को हङकङमा बिशेष प्रर्दशन हुने भएको छ।
चलचित्र “सली ने औमो” हङकङ स्थित Yau Ma Tei Community Hall मा यहि जनवरी २७ बिशेष प्रर्दशन हुन लागेको चलचित्रका निर्माता मनिता गुरुङले जानकारी दिएकीछन्।

हङकङ नेप्लीज तेक्वाण्दो फेडरेशनका संस्थापक मास्टर गणेश गुरुङको नेतृत्वमा फिल्म प्रर्दशन गर्न लागिएको उक्त चलचित्र बेलुका ६ बजे देखि प्रर्दशन हुनेछ ।यो चलचित्र बिशेष गरी गुरुङ समुदायमा हुने रितीरिवाजको बारेमा बनाईएको छ, बिशेषतः साली र भेनाको सम्बन्धलाई अझ सुक्ष्म तरिकाले चरितार्थ गरिएको छ।

चलचित्रमा राजु गुरुङ (मिक्ली) र प्रिती गुरुङ, चिनुमाया गुरुङ,अन्जु गुरुङ, लिल गुरुङ, मनिता गुरुङ,लगायतको अभिनय रहेको छ।

विशेष