क्यालिफोर्नियामा आयोजित पृथ्वी जयन्ती कार्यक्रमको तयारी पूरा

मिति: 2019-01-12 00:00:00
देश : United States of America (USA)
आयोजक: मदर ल्यान्ड नेपाल, पश्चिम अमेरिका नेपाली महासंघ, नेपाल विश्व सहयोग संघ तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना
स्थान:

क्यालिफोर्निया, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा नेपालका  राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९६ औँ जन्म जयन्तीको उपलक्षमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। 

हालै जनवरी ५ मा क्यास्ट्रो भ्यालीमा बसेको समिक्षा बैठकले तयारी उत्साह जनक भईरहेको जनाएको हो।

युवा समाज सेवी प्रिन्स युवराज कार्कीको संयोजकत्वमा   सामाजिक अगुवाहरु चन्द्र धिताल, उत्तम कार्की, अनिल पाण्डे, यज्ञ प्रसाद नेपाल र मणी नेपाली पनेरु सदस्य रहेको एक मूल समारोह समितीको गठन भई कार्यक्रम तयारी गरिरहेको सो बैठकले थप ३ जना  सदस्यहरुको चयन गरेको छ। 

नयाँ सद्स्यहरुमा नारायण सोम्नामे, पदम लामा तथा सुनिता गुरुङ थपिएका छन्।“वीर पुर्खाहरुको सम्मान गरौँ” भन्ने नाराका साथ सम्पन्न हुन लागेको सो कार्यक्रम मदर ल्यान्ड नेपाल, पश्चिम अमेरिका नेपाली महासंघ, नेपाल विश्व सहयोग संघ तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना प्रमुख आयोजक रहेका छन् भने उत्तर क्यालिफोर्नियाका बिभिन्न संघ संस्थाहरुको सहभागीता रहेको छ। 

नेपाल  देश र नेपाली जनताप्रतीको सङ्ग्लो मायाले प्रेरित सो कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न हुने पर्यवेक्षकहरुले विश्वास व्यक्त गरेका छन।

कार्यक्रमबारे थप विवरण

मिति : शनिवार, जनवरी १२, २०१९
समय : अपरान्ह ५ बजे
स्थान : CreAsian Taste of Himalayas Restaurant 1269 MacArthur Boulevard, San Leandro, CA 94577

विशेष