असहाय बालबालिको सहयोगको लागि यूएईमा अभियान

मिति: 2019-02-01 00:00:00
देश : United Arab Emirates
आयोजक: झापाली समाज यूएई
स्थान:

यूएई ।यूएईको सक्रिय सामाजिक संस्था झापाली समाजले रमाइलो बनभोज आयोजना गरेको छ । हरेक वर्ष आयोजना गर्दै आएको बनभोजलाई निरन्तरता दिन यसपालि पनि सामाजिक हितको उदेश्य लिएर बनभोज आयोजना गरिएको झापाली समाज युएईका अध्यक्ष अशोक चापागाईंले बताएका छन्।

यसपालिको पिकनिकबाट प्राप्त मुनाफाको केही भाग झापाली समाजको असहाय बालबालिकाहरुको शिक्षाको लागि स्थापना गर्न लागिएको १० लाख रुपैयाँको अक्षयकोषमा जम्मा गरिने अध्यक्ष चापागाईंले बताएका छन। यो कोषमा हालसम्म ५ लाख रुपैयाँ जम्मा भैसकेको र केही रकम जम्मा गर्ने क्रममा रहेको समाजका कोषाध्यक्ष भरत बुढाथोकीले जानकारी दिएका छन्।

समाजको सारजहा क्षेत्रीय समिति र युवा खेलकुद तथा साँस्कृतिक विभागको संयोजकमा आयोजना हुने झापाली पिकनिकलाई यसपालि साँस्कृतिक वनभोजका रुपमा मनाइने साँस्कृतिक विभाग प्रमुख तथा गायक पारस लामाले बताएका छन् । युएईको नेपाली मञ्चहरुमा ख्याती कमाएका नेपाली कलाकारहरुको आकर्षक गीत, नृत्य तथा अन्य प्रस्तुतिहरु रहने गायक लामाले जानकारी दिएका छन्। 

दुबई र सारजहाको सिमानामा पर्ने समुद्री किनार समेत रहेको अल मम्जर पार्कमा आगामी फेब्रुअरी १ तारिख शुक्रबार आयोजना हुन लागेको उक्त बनभोजमा सहभागी हुन झापाली समाजले सबै नेपालीहरुलाई आग्रह गरेको छ।

विशेष