अमेरिकाको वाशिंगटन डिसीमा सोनाम ल्होछार मनाईने

मिति: 2019-02-09 00:00:00
देश : United States of America (USA)
आयोजक: तामाङ सोशाईटी अफ् ग्रेटर वाशिंगटन
स्थान:

खेम भट्टचन
वाशिंगटन डिसी । तामाङ सोशाईटी अफ् ग्रेटर वाशिंगटनको आयोजनामा यस वर्षको सोनाम ल्होछार भब्यताकासाथ मनाईने भएको छ ।

अमेरिकाको राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको हर्नडन सिटी स्थित हर्नडन कम्यूनिटी सेन्टरमा आगामी फेब्रुअरी ९ तारिख शनिबार साँझ ६ बजेदेखि ल्होछार विशेष कार्यक्रम हुने भएकाे हाे। ल्होछारको पहिलो चरणको कार्यक्रम आज आईतबार बिहान ११ बजे देखि ३ बजेसम्म भर्जिनियाको वुडब्रिज डम्फ्रिजमा लामा धर्मगुरुबाट ल्होछारको पूजा आराधना हुनेछ।

आयोजक संस्था तामाङ सोशाईटी अफ् ग्रेटर वाशिंगटनका अध्यक्ष उत्तर लामाका अनुसार, रोचक सांस्कृतिक कार्यक्रम र रात्री भोजसहितको ल्होछारमा दश वर्ष भन्दा मुनीका बालबालिकाहरूलाई प्रवेश निःशुल्क गरिएको छ भने वयस्कलाई गेटमा ३५ डलर र पहिले नै टिकट खरिद गरेमा ३० डलर प्रवेश शुल्क तोकिएको छ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की सोनाम ल्होछारको प्रमुख अतिथि र आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाका अध्यक्ष मानबहादुर रानामगर न्युयोर्क,  नेपाल राष्ट्रिय आदिवासी महिला महासंघ नेपालकी नेतृ कुसुम भट्टचन र स्थानीय आदिवासी जनजाती संगठनका अध्यक्षहरूलाई ल्होछारको अतिथिको रूपमा निम्त्याइएको अध्यक्ष रानाले बताए ।

साथै डिसीनेपालबाट उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण गरिनेछ ।
 

विशेष