जापानमा सिल्भर कप भलिवल प्रतियोगिता हुने, प्रथम पुरस्कार ३ लाख यन

मिति: 2019-04-17 00:00:00
देश : Japan
आयोजक: गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान
स्थान:

टोकियो जापान । गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा सिल्भर कप प्रतियोगिता आयोजना गर्ने भएको छ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने घोषणा गरेको गौतम बुद्द अन्तराष्ट्रियय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ पाँचौ मैत्रीपुर्ण सिल्भर रनिंग कप भलिबल प्रतियोगिता गर्ने भएको हो।

बिगतदेखि नेपाली नयाँ बर्ष र क्लबको बार्षिकोत्सबको उपलक्ष्यमा गल्कोट स्पोर्ट्स क्लव टोकियोले नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ।

अप्रिल १७ तारिक टोडा स्पोर्ट्स सेण्टर साईतामामा आयोजना गर्न लागिएको यस प्रतियोगितालाई अनुसासित तरिकाले भव्य रुपमा सम्पन्न गर्नका लागि क्लवले बिभिन्न बिधामा कार्यबिभाजन गरेर जिम्मेवारी प्रदान गरेको छ।

मुल आयोजक समिति संयोजकमा रत्नसिंह बस्नेत, आर्थिक संकलन संयोजक महेन्द्र साहनी, हल ब्यबस्थापन संयोजक बिजय भण्डारी, रेफ्री, एम्पाएर ब्यबस्थापन संयोजक देवेन्द्र खत्री, प्रचार प्रसार संयोजक लक्ष्मण कार्की, अतिथी निमन्त्रणा सम्मान सत्कार संयोजक दुर्गाबहादुर खत्री, खेलाडी ब्यबस्थापन संयोजक भवीन थापा लगाएत रहेका छन्।

आयोजकले प्रतियोगितामा सहभागी हुने टिमलाई प्रवेश शुल्क जापानी यन चालीस हजार तोकेको छ भने पुरस्कार राशी क्रमश प्रथम तीन लाख यन नगद प्रमाण पत्र, मेडल र सिल्भर कप तथा द्धितीय दुईलाख यन नगद प्रमाण पत्र, मेडल साथै पाँच छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गर्ने पनि क्लवले घोषणा गरेको छ।

जापानमा रहने सम्पुर्ण भलिबल प्रेमी तथा देश प्रेमीहरुलाई आर्थिक नैतिक भौतिक सहयोग गरिदिन र प्रतियोगितामा सहभागी हुनका लागि पनि गल्कोट स्पोर्ट्स क्लव टोकियोले अनुरोध गरेको छ।

बिस्तृत जानकारीका लागि 
फोन नं ०९०६५३४८७१३(090 6534 8713)
Email : galkotsportsclub@gmail.com

विशेष