एनआरएनएको ८० औं शाखा माल्टामा विस्तार हुँदै, उपाध्यक्ष पन्तले उद्घाटन गर्ने

मिति: 2019-02-12 00:00:00
देश : Malta
आयोजक: एनआरएनए
स्थान:

डिल्ली राम अम्माई 

युरोप । गैर आवासीय नेपाली संघले आफ्नो ८०औँ शाखाको रुपमा माल्टा राष्ट्रिय समन्वय परिषदको गठन गर्ने भएको छ। 

आगामी १२ फेब्रुअरीका दिन माल्टाको सान्गाल्जान सहरमा अवस्थित अन्नपुर्ण रेस्टुरेन्ट हलमा हुने एक भेलाले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सिनियर उपाध्यक्ष कुमार पन्तको प्रमुख अतिथ्यतामा माल्टामा एनआरएनए विस्तार हुने भएको हो

जसमा एनआरएनए युरोप संयोजक शिव बरुवाल लगायतका अभियन्ताहरुको उपस्थिति रहने जनाइएको छ। उक्त दिन सम्पूर्ण माल्टावासी गैह्र आवासीय नेपालीहरुलाई भेलामा उपस्थित हुनका लागि आयोजकले विशेष आह्वान समेत गरेका छन्। 

युरोपको एक अति विकशित प्रयटकीय देश हो। यो भूमध्य रेखीय प्रदेशमा र भूमध्य सागरकोबीचमा रहेको टापु देश भएकोले यहाँको हावापानी अति राम्रो मानिन्छ।

न्यानो हावापानी भएका टापुहरुको देश माल्टामा लगभग ४ ५ हजारको हाराहारीमा नेपालीहरु बसोबास गरेको अनुमान छ। माल्टालाई बेलायतको नेपाली दूतावासले हेर्ने गरेको छ।

माल्टा सिसिली र उत्तर अफ्रिकी तटबीच भूमध्यसागरको एक द्वीप समुह हो। यो राष्ट्र रोमन, मोर्स, सेन्ट जोन , फ्रान्स र ब्रिटिश सहित धेरै राजाहरूले पटक पटक गरेर सासन गरेको इतिहाँस रहेको छ।

यो देशमा नहेरी नहुने धेरै पौराणिक किल्लाहरू, प्राग ऐतिहाँसिक मंदिरहरू र  सफलीनी हाइपोजियम हल लगायत लगभग ४ हजार बीसी पुरानो चिहान कक्षहरूको एक जटिल परिसर पनि हो। 

पछिल्लो समय माल्टामा दलालहरुले विभिन्न प्रलोभन देखाएर बिद्यार्थी र कामदार भिषामा नेपालीहरु माल्टा ल्याउने गरेका छन् भने केही नेपालीहरु बिचल्लीमा परेका खबरहरु समेत मिडियामा आउने गरेका छन्। 

कार्यक्रम : माल्टामा एनआरएनए विधिवत घोषणा
समय : बेलुका १७ ३० बजे 
स्थान : अन्नपुर्ण रेस्टुरेन्ट, सान्गाल्जान

विशेष