अमेरिकाको डिसीमा नेपालीको बिरोध कार्यक्रम, ५ हजार सहभागी हुने

मिति: 2019-02-12 00:00:00
देश : United States of America (USA)
आयोजक: नेसंस्था शनल टिपीएस अलायन्स
स्थान:

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको वासिङ्टन डिसीमा टेम्पोररी प्रोटेक्टेड स्ट्याटसको माग राख्दै आगामी फेब्रुअरी १२ तारिखका दिन ५ हजार नेपालीले दबाब मुलक कार्यक्रम गर्ने भएका छन्।

टेम्पोररी प्रोटेक्टेड स्ट्याटस टिपीएस र स्थायी बसोबास समाधानका लागि अमेरिकी सरकारलाई दबाव दिने हेतुले आयाजना गरिएको आयोजक नेसंस्था शनल टिपीएस अलायन्सले जनाएको छ।

टिपीएस अलायन्सको सदस्य संस्था “अधिकार” ले ९,००० (नौ हजार) नेपाली टिपीएस प्राप्तकर्ता हरुको प्रतिनिधित्व गर्दै नेपाल टिपीएस कोर कमिटिको नेतृत्वमा करिब १५० (एकसय पचास) नेपालीहरु सहभागी गराउने बताएको छ।

उक्त महत्वपूर्ण कार्यक्रममा सबै नेपालीहरु सहभागी हुन सक्ने भन्दै न्यूयोर्क तथा वरपरका राज्यमा बस्नुहुने सबैलाई अधिकार नामक संस्थाले विशेष अनुरोध गरेको छ।

टिपिएस प्राप्त नेपाली समुदायको हितमा आयोजना हुन लागेको यो अभियानबारे विस्तृत जानकारी लिन “अधिकार” को कार्यालयको फोन नं। ७१८ ९३७ १११७ मा फोन गर्न सकिने छ।

“अधिकार” का अनुसार, डिसीको लागि बस न्यूयोर्कबाट बिहान गएर सोहीदिन बेलुका न्यूयोर्कमै फर्किने व्यवस्था पनि रहेको आयोजक संस्थाले जनाएको छ। “अधिकार” ले बस र खाना खाजाको निःशुल्क व्यवस्था गरेको छ।

 

विशेष