अन्तर्राष्ट्रिय नेपाली समुदायद्धारा युएईमा फूटबल प्रतियोगिता गरिदै

मिति: 2019-02-15 00:00:00
देश : United Arab Emirates
आयोजक: अन्तर्राष्ट्रिय नेपाली समुदाय राष्ट्रिय समन्वय परिषद युएई शाखा
स्थान:

युएई । झन्डै ४ बर्ष अघि देखि युएईमा सामाजिक कार्यहरुमा सक्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली समुदाय राष्ट्रिय समन्वय परिषद युएई शाखाले आगामी १५ फेब्रुवरी २०१९ मा  दुवईको सफा पार्क खेल मैदानमा पहिलो पटक भेटेरन फूटबल प्रतियोगीता आयोजना गर्ने भएको छ  ।  

ल्होसार पर्वको अवसर पारेर उमेरले ३५ वा सो भन्दा माथिका अनुभवी खेलाडीहरु बीच प्रतिस्पर्धा गराइने उक्त खेल युएईको सार्वजनिक बिदाको दिनमा आयोजना गरिएको आयोजकले जनाएको छ ।

 प्रतियोगितामा करिब दुइ दर्जन टिमहरुको सहभागिता रहने जानकारी आयोजक संस्थाका खेलकूद बिभाग प्रमुख निवज तामांङले  दिए।  

युएईमा नेपालीहरुद्धारा स्थापित सामाजिक संस्थाहरुद्धारा  आयोजना हुने विभिन्न खेलहरु मध्ये यस्तो पृथक तरिकाले उमेर समुह छुट्ट्याएर पहिलो पटक फूटबल प्रतियोगिता गर्न लागिएको र यसले बढ्दो उमेरका पछिल्ला अनुभवी प्रौढ खेलाडीहरुको खेलप्रतिको  इच्छालाई समेत संबोधन गर्ने आयोजकको विश्वास छ । 

आयोजक टिमका खेलाडी सदस्य प्रकाश लामाले “प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ने रु  ७७ हजार ५ शय , दोस्रोलाई ने रु ४६ हजार ५ शय, साथमा मेडल , ट्रफी र प्रमाणपत्र द्वारा सम्मान गरिने गरिने बताए। 
  

विशेष