बुधबार साँझबाट फेसबुक डाउन, इन्स्टाग्राम र ह्वाट्सऐप पनि प्रभावित

३० फाल्गुन २०७५
banner

काठमाडौँ । विश्वकै चर्चित सामाजिक सञ्जाल फेसबुक बुधबार साँझबाट डाउन भएको छ। फेसबुककै मातहतमा चलेका इन्स्टाग्राम र ह्वाट्सऐप  प्रभावित भएका छन्। विश्वभर रहेका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सऐपका युजर्सहरुले आ आफ्नो अकाउन्टमा पोष्ट गर्न समस्या भएको गुनासो गर्न थालेका छन्।

अहिले मानिसहरुले अन्य सामाजिक सञ्जाल चलाएर फेसबुक, इन्स्टाग्राम, ह्वाट्सऐपको समस्याबारे गुनासो गरेको बीबीसीले जनाएको छ।

फेसबुकले आफ्नो ट्वीटर अकाउन्टमा २ वटा स्टाटस लेख्दै भनेको छ, अहिले फेसबुकमा केही समस्या देखिएका छन्, हामी समाधान तर्फ लागिरहेका छौँ । यो डिस्ट्रिब्यूटेड डिनायल अफ सर्विस अट्याक म्म्यक भने होइन। समस्या समाधान गर्न कति समय लाग्छ भन्ने बारे भने कुनै यकिन छैन, तर हामी छिट्टै यो समस्या समाधान गर्न सफल हुनेछौँ। 

अहिलेसम्म फेसबुकका ११ हजारभन्दा बढी युजर्सले आफ्नो वेबसाईडमा आएर फेसबुक डाउन भएको बारे रिर्पोट गरेको फेसबुकले जनाएको छ। 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll