इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जर एकीकृत पारिँदै

१३ माघ २०७५
banner

बीबीसी । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ।

फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गर्ने योजना बनाएको छ। यी तीनैवटा एप छुट्टाछुट्टै रहनेछन्, तर तीनै एपबीचमा सन्देशहरू पठाउन वा पाउन सकिने गरी सुक्ष्म ढङ्गबाट तिनलाई जोडिने बताइएको छ।

फेसबुकले यो लामो प्रक्रियाको शुरुवात गरिसकेको बीबीसीलाई जानकारी दिएको छ। सो योजनाबारे पहिलो पटक न्यूयोर्क टाइम्सलाई जानकारी गराइएको थियो जुन फेसबुकका संस्थापक मार्क जकरबर्गको निजी परियोजना बताइएको छ।

यो लामो प्रकृयाको अन्तपछि एक जना फेसबुक प्रयोगकर्ताले ह्वाट्सएप मात्र प्रयोग गर्ने अर्का व्यक्तिसँग सीधै सम्पर्क गर्न सक्नेछ जुन हाल सम्भव छैन। सन् २०१९ को अन्त वा अर्को वर्षको शुरुमै यो परियोजना पूर्ण हुने बताइएको छ। अहिलेसम्म फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्।

बीबीसीका प्रविधि सम्वाददाता क्रिस फक्स भन्छन् फेसबुकले यसबारे जानकारीहरू बाहिर ल्याउन चाहेको थिएन। तर न्यूयोर्क टाइम्ससँगको कुराकानीमा ती कुराहरू लुक्न सकेनन्।

अहिलेसम्म फेसबुक मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अलग अलग प्रतिस्पर्धी मेसेजिङ एपहरू हुन्। मेसेजिङ सेवा एकीकृत गर्ने प्रकृयापछि फेसबुकको काम अझ सरल बन्ने अपेक्षा गरिएको छ। उसले थप प्रतिस्पर्धी नयाँ नयाँ फिचरहरूको विकास गर्नुपर्ने छैन।

एकीकृत मेसेजिङपछि एउटा एपमा चलेको व्यवसायबारे अर्को एपका प्रयोगकर्तालाई समेत सजिलै जानकारी पठाउन सकिने छ। यसले फेसबुकको डाटा तीनवटै एपहरूमा पठाउन सक्नेछ। यसबाट विज्ञापनको दायरा बढ्नेछ।

तर अझ महत्त्वपूर्ण कुरा चाहिँ यसले फेसबुकको एपहरूलाई एक अर्कोसँग अझ धेरै गाँसिएको बनाउने छ। यसले भविष्यमा सरकार वा नियामक निकायले आवश्यक ठानेपनि फेसबुकको साम्राज्यलाई टुक्र्याउन झन् कठिन बनाउने छ। 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l