एउटी केटीका अनेक नाम, कामः फेसबुकमा केटा फसाउने, धम्की दिने र लाखौं पैसा असुल्ने

२७ माघ २०७५
banner

पछिल्लो समय सामाजिक संजालमा मित्रता गरेर मानिसहरुलाई फसाउने र ठगी गर्ने धन्दा धेरै चलिरहेको छ । यस्तै एउटा निकै अनौठो घटनाको पर्दाफाश भएको छ । बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै युवकसँग ३० लाख रुपैयाँ मागेकी पायलको रहस्य खुल्दै गएको छ । सोधपुछमा खुलेको छ कि यी युवतीले फरक फरक नामबाट फेसबुक आइडी बनाउँछिन् र युवकहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाएर मित्रता गर्छिन् । मेलमिलाप बढेपछि ती युवकलाई ब्ल्याकमेल गरेर लाखौं रुपैयाँ असुल्छिन् । तर, अहिले यस्तै गर्दा उनी प्रहरीको फन्दामा परिन् । 

प्रहरीले ती युवतीकी आमासहित अन्य २ जनालाई पक्राउ गरेको छ । पुलिसले ती युवतीले अन्य कैयौं युवकलाई फसाएको आशंकामा अनुसन्धान गरिरहेको छ । युवतीको वास्तविक नाम पापिया भएको बताइएको छ । उनी आफूलाई पायल नाम बताएर चिनाउँथिन् । त्यसपछि उनले फेसबुकमा अञ्जली र इशा नामबाट पनि आइडी बनाएकी थिइन् । उनले यी आइडीबाट युवकलाई फ्रेण्ड रिक्वेस्ट पठाउँथिन् । मित्रता गहिरिएपछि तिनै युवकहरुलाई ब्ल्याकमेल गरिन्थ्यो । आरोपी युवतीको स्थायी ठेगाना भारत त्रिुरा भएको बताइएको छ । उनको विवाह कोलकातामा भएको थियो । 

४ वर्ष पहिले उनका पतिको मृत्यु भइसकेको थियो । केही समय युवतीले गुढागौडजी गएर एक जागिर पनि गरिन् । उनका दुई बच्चा पनि भएको बताइएको छ । प्रहरीले पक्राउ गरेका मध्ये उनकी आमा पीडितलाई धम्क्याउने काम गर्थिन् । उनले बलात्कार अभियोगमा फसाउने धम्की दिँदै गुढागौडजीका एक युवकसँग ३० लाख मागेकी थिइन् । ती युवकले पुलिसलाई खबर गरेर २ लाख रुपैयाँ युवतीलाई दिए । पुलिसले तत्काल उनलाई पक्राउ गर्यो । ती युवकसँग ३० लाख मागिएकोमा पछि बार्गेनिङ हुँदै जाँदा १३ लाखमा सहमति भएको बताइएको छ । 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l