फर्सी कुंदेर बनाएको भूतलाई पूजा गर्न सजिएको दीप !

१५ कार्तिक २०७५

banner

डिगबहादुर तामाङ्ग 

वासिङ्गटन डिसी, अमेरिका । दशैं भनौ, तिहार भनौ, तीज भनौ, क्रिसमस भनौ मन्नेलाईसास्ती खानेलाई मस्ती, ब्यापारीलाई नाफा  बेकारीलाई रोजगारी, सरकारलाई कर को नाफा जनतालाई करको भारी। भन्दा केही नयाँ कुरा दिएको जस्तो लागेको छैन मलाई।

हाम्रो मातृभूमी नेपालमा झै, पाश्चात्यदेशमा पनि ग्रीष्म ऋतू देखि चार्ड पर्व सुरु हुन्छन्, शरद ऋतुको मध्यकालमा अथवा बिचम सबै भन्दा यहोदीहरुको चाड सुरु हूँदो रहेछ, क्रिश्चियनहरुको चाही हेलोवीन देखि घर घरमा दीप प्रजोलन गर्ने, क्रिसमसका लागि सिँगार्ने काम सुरु हुन्छ। धन्यवाद दिने चाड पछि सार्जनिक रेडियो बाट भजन गीत प्रचार गर्ने चलन छ। "शान्त क्लॉज  इज कमिंग इन द टाउन " भन्ने थुप्रै खाले।

जताततै भूतको मखुण्डो लगाएर  एयर पोर्टका कर्मचारी देखि देखि ट्याक्सी चालक सम्मले यास्त फेसन लगाएको देखिन्थ्यो देखिन्छ। क्रिश्चियन धर्मबाहुल्य भएका  देशहरुमा हेलोवीन एउट पर्वको रुपमा मन्ने, र ब्यापारिले अरबौँ कमाउने, नानीहरुले मनोरजनको रुपमा बर्षभरी परखेर बस्ने, कहिले हेलोवीन औँला र पेटभरी बिभिन्न प्रकारका चॉकलेट देखि मिठाई सम्म कस्ले धेरै बटुले भन्ने होड़बाजी हुन्छ।  

तर बहिरा फर्सी कुंदेर बत्ती बालेको छैन भने त्यो घरमा नानीहरु पस्दैन।यदि तपाइँको घरमा फारसी कुंदेर बत्ती बलेको छ भने साँझ ५ बजे देखि राती १० बजे सम्म डालोमा बिभिन्न खाले मिठाई यदि तपाइँको घरमा फारसी कुंदेर बत्ती बलेको छ भने साँझ ५ बजे देखि राती १० बजे सम्म डालोमा बिभिन्न खाले मिठाई बोकी ढोगामा बसी रहन पर्छ। नानीहरु घरको दैलो मा टिक कर टक बाबुआमा पछि पछि टस लाईट बोकेर हिँड्ने।

नानीहरु पानी  के कम, कोही सुपर म्यान, कोही भूत, कोही  राक्षस को भेषमा दाँत बाहिर निकालेर मखुन्डो धारि बनेर आउने हुन्छ। अमेरिकमा नानी हरुलाई लिएर आए पछि यो काम नगर्ने बबुआमा सायद कोही नहोला। पहिले पाहिले यो पर्व सेल्टिक भाषा बोलने देशमा हुन्थ्यो रे।

आयरल्याण्ड भरी  मात्रै थियो रे तर जब क्रिस्चन हरु मिसिनारिको रुपमा फैलिय तेस्पछि संसार भरी नै फैलियो रे। चाहे बिकसित देशहोस  अबिकसित देश होस मिसिनारीहरु र काग नपुगेको देश पाउन गाह्रो होला।चाड पर्व मन्न  नेपालीहरुले जस्तो चाँही यो धर्तिको मानिसहरुले  जानेको हुँदैन । तीजमा र दशैं  तिहार छड सम्म हिन्दू , त्यसपछि, आफ्ना कर्म भूमिमा जे चलन छ तेहि भै दिने।

हलुविनमा  काठमाण्डू देखि न्यूजीलैण्ड,आस्ट्रिलिए, यूरोप देखि अमेरिका, क्यानडा सम्म फैलियेका छन।  हलै काठमाण्डु को सेरोफेरो नाम चलेकि हुनुहार युवती, आफ्नो  अनुहारमा  भूतको तस्बीर पोतर, प्रेतको जस्तो अनुहार देखाएर कालो  पोसक लगाएर हैलोवीन प्रदर्शनीमा साजिएर तस्बीर खिचाएको देखेँ।

मैले ठानेको थियो हाल्लॊइन पर्व खाली अमेरिका मात्रै मान्छन होला, तर होइन रहेछ, क्रिस्च्यन धर्म मान्ने सबै मुलुकमा मान्दो रहेछ भन्ने कुरा ब्रसिल्को तामझाम देखेर मात्रै थाह भयो। अघिल्लो दिन ब्रसिलिया मा एउटा जंगल भित्र  संटो दैमेक भन्ने चर्च हामीहरुलाई लगेको थियो। त्याँहा अनौठो प्रकारको पूजा गर्ने बिधि देख्यौं। महिलाहरुको एक तर्फ पुरुषहरु एक तर्फ हातमा प्रार्थना सानो पुस्तक, चार पाँच जनाको हातमा गितार, अर्कोदियन बाजा (हाते प्यानो) लिएर उभिएका थियो।

जब मुख्य पादरिले सांकेत गरेपछि सामुहिक स्वरमा गाउने लयमा भजन ध्वोनी गुञ्जियो, हामी कहिले नदेख्नेलाई रमाइलो  महसुस भयो नै। मलाई लागेको थियो, यस्तो जंगलमा पनि यसरी आफ्नो सभ्यता र संस्कारलाई जगेर्ना गरि राखेको रहेछ जस्तो । एउटा सिसाको झ्याल भित्र सेतो सुट र बो टाइ लगाएर  एउटा ठेकी  र हातमा  सानो गिलास  बोकेर बसेका थियो। 

भर्खरकी १५ देखि २० बर्षका युवतीहरु झ्याल बाहिर भित्र हात पुर्याएर उक्त ठेकिको झोल पदार्थ गिलासमा हालेर दिए। ति युवतीहरु पिउँदैन नाच्न थाले। एकै छिनमा जसले पिएर बाहिर आएका युवतीहरु बेहोसी भई झाँक्रो फिजाएर कराउने चिच्याउने गर्दै नाच्न थाले।

त्यसपछि हामीहरु भएको ठाउँमा आए ति परि जस्ता देखिने युवतीहरु । यो भगवानको पर्साद हो तपाईलाई पनि शक्ति आउँछ भन्न थालिन अलिकति पिउँनुहोला भनेर। बिन्म्रपुर्क तपाईको संस्कृतीलाई हामी आदर सम्मान गछौँ तर हामीले पिउँन मिल्दैन भनेर तर्कियौँ। पछि त्यही मध्यकी एउटी हजुरमा लाई मैले बुझने कोसिस गरेँ । यो नै डैमे हो, जंगलको रूखको बोक्रो ल्याएर पकउनु पर्छ। तेसको खोले बनाएर  राखेपछि फ़र्मन्टेशन गरेपछि यो नसालु हुन्छ।  यो झोल पदार्थ  पिएपछि लगातार १८ घण्ट सम्म नाच्न गाउन सक्छन। यो पदार्थलाई हाम्रो अनुयायी हरुले पबित्र पेयपदार्थको रुपमा ग्रहण गर्छन।

भोलीपल्ट बिहानको खाना होटेल फार्नेंदोज़मा गरेर लामो बाटो ब्रसिलिएको अन्तरराष्ट्रिय बिमान स्थलमा आइपुग्यौं। अगिपछिको जस्तो पेसागत पोसक लगाएका कोही थिएनन्। डरलाग्दो मुखुण्डो धारिहरुले हाम्रो टिकट जांच गरे, बोर्डिंग कार्ड र चेक इन पोका झोला लिएर भित्र पस्यौं। भित्र पसेपछि पानी तेस्तै जताततै मखुन्दोधारी देखेर मनमा डर लगेर आयो। ब्राजिलमा  खाली पोर्चुगिज भाषामात्रै बोल्ने हुँदा हामीहरुलाई अलि अफ्ठ्यारो भयो। 

एयर टोमको बिमान छाडेर साउ पौलो भन्ने ठुलो शहर पुग्न करिब दुइ घण्ट लग्यो तर अतिवृष्टिका कारण जहाज उडेन। दुइ घण्टा ट्याक्सी मै बस्न पर्यो । तेस्तै १० बजेतिर युनाई टेद्को यएर  काउन्टर पुग्द अमेरिका आउने जहाज उडिसकेको खबर काउन्टर मखुण्डो धारी महिलाले सुनाए, चारै तिर दरलागने खाले मानिसहरु, भाषाको समस्या, के गर्ने कसलाई भन्ने  मनमा सोची रहेको थिए। 

एउटी छोटो कदकी महिलाले मखुण्डो झिकेर मसंग जापानिज भाषामा बोलिन्, उनले सोचिछन् म जापानिज पर्यटक भनेर। मलाई  ढुँगा खोज्द देउता मिले सरह भयो । मैले अन्ग्रिजिमा भने आइ माई फ्लाइट टु अमेरिका भनेपछि मेरो टिकट गहिरेर हेरिन र भोलीपल्ट अथवा नोभेम्बर एक तारिख २०११ दुइ बजेको उडानमा मिलाएको छु, हाम्रो कारणले होइन तपाईं जहाज छुटेको।

म कहाँ बस्ने ? उनले होटेल सिजर प्यालेमा जानु  यो भौचर लिएर भनिन्। त्यतीठुलो बिमंघाट भाषाको समस्या त् थिँदै थियो।  एउटा टर्मिनलबाट अर्को टर्मिनल भएर बस जाने रहेछ त्यो होटेलमा।  बिहना दुइ बजे पुग्यो होटेलमा। बिशाल होटेल जापानिज पर्यटकहरुको बग्लो लवी भरी कोही हुस्की पिउँदै गरेको, कोही बिफ फल्स डामेर खान बसेको। 

मेरो चके इन गरेपछि एउटी वेटर महिलाले सोधिन सर आर यो इतिंग सम थिङ्ग मैले खाने भने पछि, बफेट काउन्टर लागिन र बस्ने कुर्सी तिर संकेत गरिन्। होटेल सिजर प्यालेस सारै राम्रो रहेछ, लवी देखि बर काउन्टर, रेस्टुराँ, मैले बुझे अनुसार संसारभरिक पर्यटकहरुको हब रहेछ साउ पाउलो भन्ने सहर। झंदैन १३ मिलिन मानिस बस्ने घना बस्ति रहेछ। 

हालोवीनको मौका छोपि मैले पनि फायदा उठाए भन्नुपर्छ, किन भने ब्रासीलिए प्लेन ढिलो नभएको भए, मेरो प्लेन छूटने थिएन। अमेजॉन जङ्गलमा मलाई प्रदान गरिएको बाँसको कर्नल, रंगी बिरंगी चारको प्वाँखकों मुकुट अमेरिकामा लिएर आउने मानिसलाई सजाय हुन्थ्यो सजिलै ल्याउन दियो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »