काठमाडौं–निजगढ द्रूतमार्ग निर्माण तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष

१ चैत्र २०७५
banner

काठमाडौं। संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने निष्कर्ष निकालेको छ। समिति अन्तरगतको उपसमितिले सो द्रूतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो द्रूतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरिएको हो।

समितिकी सभापति कल्याणी खड्काले समितिको शुक्रबारको बैठकमा सो द्रूतमार्गको स्थलगत अवलोकनसम्बन्धि प्रतिवेदन पेश गर्दै नेपाली सेनाले सो द्रूतमार्ग निर्माणको काम प्रभावकारी ढंगले अघि बढाएको पनि जानकारी दिए।

७६ दशमलव २ किलोमिटर लम्बाई रहेको सो द्रूतमार्गको ५४ किलोमिटरको काम नेपाली सेनाले सम्पन्न गरिसकेको छ। उपसमितिकी संयोजक समेत रहेकी सभापति खड्काले स्थलगत अवलोकनको क्रममा सो द्रूतमार्गको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पाइएको उल्लेख गरिन्। 

प्रतिवेदनमा सो दु्रतमार्गको काम विना अवरोध अघि बढाउन सम्बन्धित स्थानीय तहसँग सहकार्यका साथ अघि बढन पनि नेपाली सेनालाई सुझाव दिइएको छ। त्यसैगरी स्थानीय स्तरमा भएका निर्माण सामग्रीको पनि उचित प्रयोगमा ध्यान पनि नेपाली सेनालाई सुझाव दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन्।

स्थानीय निर्माण सामग्री प्रयोगमा कानुनी जटिलता देखिएको उल्लेख गर्दै प्रतिवेदनमा त्यसको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सचेत गराइएको छ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा सो दू्रतमार्ग निर्माणको काम सम्पन्न हुने आधार सुनिश्चित भएको पनि उल्लेख गरिएको छ। २०७४ साल बैशाख २१ गते तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी सो द्रूतमार्गको निर्माणको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सो आयोजनाको निर्माणका लागि एक खरव १२ अरव बजेट लाग्ने अनुमान गरिएको छ। 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll