आफनै मातापिताले मिलेर गराए बच्चाको यो हाल, अनुसन्धानमा खुल्यो डरलाग्दो कारण

२८ माघ २०७५
banner

किभ। युक्रेनमा आफ्नो ४ वर्षको छोरालाई कैयौं दिनसम्म भोकै राखेर उसको ज्यान लिने प्रयास गर्ने व्यक्तिलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । ती व्यक्तिलाई शंका थियो कि ती छोरा उनका सन्तान होइनन् । यही कारण ती व्यक्ति छोराको ज्यान लिन चाहन्थे । तर, जाँचका क्रममा उनको शंका गलत साबित भयो । अर्कोतर्फ यो सबथोक देखेर पनि चुपचाप बस्ने बालककी आमामाथि पनि हत्याको प्रयासको मुद्दा चलिरहेको छ । 

जब उद्धार टोलीले ४ वर्षका यी बालकलाई फेला पारेको थियो त्यतिबेला उनको हालत निकै खराब थियो । उनी सुकेर सबै हड्डी बाहिर देखिएका थिए र झिंगा भन्किरहेका थिए । यो घटना गएको अगष्टमा युक्रेनको शहर नोभोक्रेइंकामा भएको हो । एक सामाजिक कार्यकर्ताको उजुरीपछि पुलिसले घरमा छापा मारेको थियो । त्यहाँ उनीहरुले ४ वर्षका बच्चा भेटेका थिए जसको हालत निकै खराब थियो । बच्चाको ज्यान बचाउनको लागि पुलिसले ढोका फोडेर भित्र पसेको थियो । डाक्टरका अनुसार बच्चाको हालत यति खराब थियो कि उनको त्यतिबेला उद्धार नभएको भए १–२ दिनमै उनको मृत्यु हुन्थ्यो । 

भ्लादिक मोल्चेंगो नामका यी बालकलाई कैयौं दिदेखि खाना दिइएको थिएन । उनको शरीर सुकेर हड्डी देखिएको थियो र तौल घटेर ७ किलो भएको थियो । बच्चालाई काठको पिंजडामा थुनेर राखिएको थियो र उनको शरीरभरी आफ्नै दिसा टाँसिएर सुकेको थियो । जब पुलिसले अनुसन्धान गर्दै गयो उनको यो हालत उनका आफ्नै पिताले गराएको पत्ता लाग्यो । सोधपुछमा ती व्यक्तिले भने कि उनलाई यो बच्चा आफ्नो नभइ पत्नीको नाजायज सम्बनधबाट जन्मेको भने लागेको थियो । यही कारण उनी बच्चालाई मार्न चाहन्थे । 

बच्चालाई उद्धार गर्ने टिमका एक सदस्यका अनुसार बच्चालाई जुन पिंजडामा कैद गरिएको थियो त्यहाँबाट उनी पूरा कोठा पनि देख्न सक्दैनथे । ब्लादिकका पिता अलेक्जेण्डरलाई आफ्नी पत्नी नतालियामाथि शंका थियो । भ्लादिकका अलावा यो दम्पतीका तीन छोरी पहिल्यै थिए । तर, पछि जब बच्चाको डिएनए परीक्षण भयो त्यसपछि यो प्रस्ट भयो कि अलेक्जेण्डरको शंका गलत थियो, बच्चा उनकै थिए । अभिभावक जेल गएपछि भ्लादिक र उनका तीन दिदीहरुलाई अनाथालय पठाइएको छ । अहिले भ्लादिकको अवस्थामा निकै सुधार भएको छ र उनको तौल १५ किलो भएको छ । 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l