नेपाल पर्यटन पत्रकार महासंघको भक्तपुर शाखा गठन, अध्यक्षमा चौलागाई

३० भाद्र २०७५
banner

भक्तपुर । नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) को भक्तपुर शाखा गठन गरिएको छ।

शनिवार भएको प्रथम अधिवेशनबाट सतेन्द्र चौलागाई अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ।

नेफ्टोज जिल्ला शाखा भक्तपुरको वरिष्ठ उपाध्यक्षमा आरके प्रखर, महिला उपाध्यक्ष अप्सरा ओली, सचिव सुशील कार्की, सह–सचिव अन्जली बराल र कोषाध्यक्ष दीपेश बराल चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा अर्पणा खड्का, प्रसुन संगौला, पवन दोधारी, धर्म महरा, बाबुराम भट्टराई, सुजन श्रेष्ठ र विनोद खड्कालाई सर्वसम्मत रुपमा चयन गरिएको हो।

प्रदेश अधिवेशन प्रतिनिधि तर्फ लक्ष्मी लामा र अनिल चौलागाई चयन गरेको अध्यक्ष चौलागाईले बताए। शनिवार भएको शाखा अबिधेशनमा केन्द्रीय अध्यक्ष धनिराम शर्मा ‘ऋतुबिचार’ र केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त प्रताप सिंहको बिशेष उपस्थिति रहेको थियो।

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l