अन्ततः रिलिज भयो ए मेरो हजुर–३ को फस्ट गीत, आइसलेकमा देखियो अनमोल र सुहानाको रोमान्स

१ चैत्र २०७५
banner

आउँदै गरेको चैत्र २९ गते प्रदर्शन हुने चलचित्र ए मेरो हजुर–३ को पहिलो गीत अन्ततः सार्वजनिक भएको छ । केही समय अघि नै गीत रिलिजको घोषणा गरिएको थियो तर केही कारण बस गीत रिलिज हुन सकिरहेको थिएन भने अहिले आएर रिलिज गरिएको छ ।

‘तिमी बिनाको जिन्दगी, म जिन्दगीनै भन्दिनँ बोलको गीत रिलिज गरिएको हो भने गीतमा अनमोल केसी र सुहाना थापाको रोमान्टिक अवतार देख्न सकिन्छ । नेपालको हिमाली भेग र अमेरिकामा खिचिएको ५ मिनेट ४६ सेकेण्ड लामो भिडियो आकर्षक बनेको छ ।

झरना थापाको निर्देशन तथा सुनिल कुमार थापाको निर्माणमा बनेको यही चलचित्रबाट सुहाना थापालाई डेब्यु गराइएको हो । उनि सुनिल–झरनाकी सुपुत्री समेत हुन् ।

सार्वजनिक गीतमा गायक सुगम पोखरेल र प्रविशा पोखरेलले स्वर दिएका छन् भने एकनारायण भण्डारीको लेखन रहेको छ । गीतमा आशिष अविरलको संगीत रहेको छ ।

झरना थापा र सुमन पौडेलले लेखेको चलचित्रमा अनमोल र सुहानाबाहेक अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

हेर्नुस् गीतको भिडियो :

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll