प्रदर्शनीमा मनै लोभ्याउने फूल(फोटोफिचर)

१६ कार्तिक २०७५
banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौँ। बिहीबारबाट सुरु भएको बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जारी छ।

प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा भएको प्रदर्शनीमा ४५० भन्दाबढी फूलका जात र ४४ सूचनामूलक, ३ गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी कक्षसहित ४८ वटा कक्ष राखिएको छ।

 

 

विशेषगरी प्रतिस्पर्धामा गोदावरी फूलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ। प्रदर्शनी आगामी आइतबारसम्म सञ्चालन हुनेछ।

रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा विगतका वर्षभन्दा यो वर्ष फूलको बेर्ना र फूललाई बढी रकम तिर्नुपर्ने फ्यानले जनाएको छ।

 

 

पुष्प व्यवसाय प्रवद्र्धन र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु–याउने उद्देश्यले जावलाखेलको खेल मैदानमा शुरु भएको प्रदर्शनीमा ३६ हजार नागरिकले अवलोकन गर्ने र  ४५ लाखको आर्थिक कारोवार हुने जनाइएको छ। तिहार तथा छठ पर्वलाई लक्षित गरी प्रदर्शनीको आयोजना गरिएको हो।

फ्यानका अध्यक्ष कुमार कसजु (श्रेष्ठ) ले मेलामा प्रयोग गर्न सकिने फूल, सजाउनका लागि गमलामा राखिएको फूल र फूलको दानासमेत अवलोकनकर्तालाई उपलब्ध हुने जानकारी दिए।

 

 

विसं २०११ देखि नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७४÷०७५ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ।

नेपालमा करीब ७०० व्यक्तिले फूल व्यवसाय शुरु गरेका छन्। करीब दुई हजार ९६० रोपनीमा लगाइएको फूल खेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन्। नेपालमा फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगिसकेको जनाइएको छ।

 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l