फ्लू जसले दुनियामा नरसंहार मच्चायो

१९ कार्तिक २०७५

banner

एजेन्सी । मौसम परिवर्तन भइरहेको छ । खोकी, रुघा र ज्वरोको समस्या सामान्य हो । यसलाई इन्फ्लुएंजा वा फ्लू वा भायरल फीभर भनिन्छ । आजभोली यसलाई धेरै गम्भीतासँग लिइँदैन । 

त, आजभन्दा सय वर्ष पहिला यही फ्लूको बिमारी पूरा दुनियामा संकट आएको थियो । यसलाई स्पेनिश फ्लू महामारीको नामबाट चिनिन्छ । दुनिया यो महमामरीको चपेटामा १९१८ देखि १९२० सम्म परेको थियो । यस क्रममा दुनियाको हरेक कुनामा मानिसहरु फ्लूको चपेटामा परेका थिए । सुदूर प्रशान्त महासागरसम्म मानिसहरुले यही रोगका कारण ज्यान गुमाएका थिए । 

स्पेनिश फ्लूको चपेटामा दुनियाका करिब ५० करोड मानिस परेको बताइन्छ । यो संख्या त्यतिबेलाको कुल जनसंख्याको एक तिहाई थियो । यी मध्ये ५ देखि १० करोड मानिसहरुले अकालमा ज्यान गुमाएका थिए । 

स्पेनिश फ्लू महामारीको सय वर्ष पूरा भएको छ । यसबीचमा साइन्स र मेडिकल साइन्सले निकै विकास गरेको छ । हामी खोकी, रुघा र ज्वरोलाई धेरै गम्भीरतासाथ लिँदैनौं । धरै समस्या भएपछि डाक्टससँग जान्छौं ।

औशधिको केही खुराक आएपछि समस्या समधान भइहाल्छ । 

तर, जब दुनियामा स्पेनिश फ्लूको संकट आएको थियो । हालत एकदम फरक थियो । आजभन्दा सय वर्ष पहिलाको महामारीको तस्वीर भने हालै साफ भएको छ । गएका २० वर्षमा भएका अनुसन्धानले महामारीसँग सम्बन्धित चकित पार्ने रहस्य उजागार भएका छन् । 
अमेरिकाको नेशनल इन्टिट्यूट अफ एलर्जी एण्ड इन्फेक्शस डिजीजेजका डाक्टर जेफ्री टौबेनबर्गरले हालै स्पेनिश फ्लू महामारीको एक सय वर्ष पुगे पनि यो विषयसँग सम्बधित केही प्रश्नको जवाफ नभेटिएको बताएका थिए । 

उनले आफ्ना सहयोगी ए रीडसँग मिलेर यो महामारीको भायरसको जेनेटिक सीक्वेन्स तयार गरेका थिए । 

पुरा दुनियाका अनुसन्धानकर्मी स्पेनिश फ्लूसँग सम्बन्धित प्रश्नको जवाफ खोज्न लागिपरेका छन् । हालसम्म उनीहरुले जो जानकारीहरु जुटाएका छन् ती निकै चकित पार्ने खालका छन् । 

अस्ट्रियाका कलाकार इगोन शीले फ्लूका कारण अक्टुबर १९१८ मा मरे । केही दिन पहिला नै इगोनकी गर्भवती श्रीमती पनि यसै महामारीका कारण मरेकी थिइन् ।
श्रीमती र आफ्नो मृत्युको बीचमा इगोनले कमजोर अवस्थामा पेंटिंग बनाउन शुरु गरे । यीँ पेंटिंग जसका परिवार अधुरा रहे उनीहरुका तर पेंटिंग पनि आधा रह्यो । किनभने यसलाई पूरा गर्नुभन्दा पहिला नै इगोनको पनि मृत्यु भयो । 

उनी २८ वर्षका मात्र थिए । १९१८ को महामारीमा यस उमेरका मानिस सबैभन्दा धेरै शिकार भएका थिए । जबकी २० देखि ४० वर्षका मानिसहरु सबैभन्दा ऊर्जाशिल र स्वस्थ मानिन्छ । 

तर, यस घातक महामारीले धेरै परिवारको रोटी कमाउनेलाई लग्यो । यसै कारण धेरै परिवारमा परिवार चलाउने बोझ वृद्धवृद्धामाथि पर्यो । ठूलो संख्यामा मानिसहरु अनाथ भएका थिए । उनीहरुको मद्दत गर्ने कोही थिएन । 

स्पेनिश फ्लूको सबैभन्दा धेरै जोखिम पुरुषहरुलाई थियो । तर, गर्भवती महिला पनि धरै शिकार बनेका थिए । 

वैज्ञानिकहरुले अँझसम्म यसको ठोस कारण पत्ता लगाका छैनन् आखिर स्पेनिश फ्लूमा युवाहरु किन धेरै शिकार भए । 

अनुसन्धानकर्ताहरुले खासमा स्पेनिश फ्लूको भायरसले तिब्र रुपमा आफूलाई परिवर्तन गर्ने बताउँछन् । अथवा मानिसको प्रतिरक्षा प्रणाली जब आक्रमणका लागि तयार हुन्छ, यो भायरसले स्वरुप परिवर्तन गरिसक्छ । र प्रतिरक्षा प्रणालीको पहिलो प्रहारमात्र कुनै पनि भायरसमाथि शक्तिशाली हुन्छ । 

नतिजा योकी जब स्पेनिश फ्लूको भायरसमाथि हाम्रो शरीरको प्रतिरक्षाले आक्रमण गर्छ, उ बच्न सफल हुन्छ । 

युवहरुको तुलनामा त्यो बेला वृद्धाहरु यो भायरसमाथि आक्रमण गर्न सक्षम थिए । किन भने उनीहरुले आफ्नो जीवनामा एचवन वा एनव एन्टीजनको सामाना गरिसकेका हुन्थे । त्यसै कारण उनीहरुको प्रतिरक्षा प्रणाली बलियो हुन्थ्यो । 

फ्लूका बारेमा भनिन्छ, यो लोकतान्त्रिक बिमारी हुन्छ । हरेक बर्ग र हरेक समूदायका मानिसमा भायरल हुन्छ । 

तर, १९१८ को महामारीका क्रममा यस्तो देखिएन । त्यो बेला जो मानिस एशियाली देशमा थिए, उनीहरुमा यो रोगको शिकार हुने जोखिम यूरोपेली भन्दा ३० गुणा बढि थियो । 

स्पेनिश फ्लूको महामारीले धेरै मृत्यु एशियाली र अफ्रिकी मुलुकमा भएको थियो । यसका तुलनामा यूरोप, उत्तर अमेरिका र अस्ट्रेलियामा यस महामारीबाट थोरै मृत्यु भएको थियो । 

तर, यूरोपमै डेनमार्कका कुल जनसंख्याको ०.४ प्रतिशत मानिस यस महामारीका कारण मरे । उता हंगेरीमा यसभन्दा तीन गुणबढि प्रतिशत मानिस यो महामारीका कारण मरे । सहरको तुलनामा गाँउमा जोखिम कम थियो । सहर सहरबीच पनि निकै फरक थियो यसको जोखिम । 

त्यो बेला यो असमानताको कुनै जागरुकता थिएन । तर, दशकौंको मेहनतपछि तथ्यांक जुटाएर यो विश्लेषण गरिएको हो । मानिसको मृत्युको तथ्यांकमा देखिएको ठूला फरक मानिसहरुको सामाजिक आर्थिक हालतका कारण देखिएको हो । 

अमेरिकी सहर कनेक्टिकटमा नयाँ नयाँ आएर बसेका इटालीका आप्रवासी फ्लूका सबैभन्दा धेरै शिकार बने । उता ब्राजीलको सहर रियो द जेनेरियोको झोपडीमा बस्नेमाथि यो महामारी कहर बन्यो । पेरिसमा बीमारीको प्रभावले मानिसलाई असमन्जसमा पारिदियो । धेरैजसो मृत्यु सहरका धनी बस्तीमा भयो । 

तर, यसको रहस्या पछि खुल्यो । खासमा धनी मानिसहरु मरेका थिएनन् । उनीहरुकोमा काम गर्ने मानिसहरु मरेका थिए । 

पूरा दुनियामा गरीब, आप्रवासी र अल्पसंख्यक समूदायका मानिसहरु यो महामारीको शिकार सबैभन्दा धेरै भए । उनीहरुम खानेलाउने र सुरक्षित जीवनका लागि आवश्यक चिजको कमी थियो । 

यस्तो होइनकी गएको एक शताब्दीमा हालत धेरै परिवर्तन भयो । २००९ मा इंग्ल्याण्डमा फैलिएको फ्लूको महामारीका तथ्यांकले पनि मृतकहरुको संख्या धनीको भन्दा गरीबको निकै धरै रहेको देखायो । 

स्पेनिश फ्लूका काण ५० करोढभन्दा धेरै मानिस बिमारी भएका थिए । धेरैजसो बिरामी उपचारबाट ठिक भए । तर, जो अभागी मानिस यस महामारीबाट बाहिर आउन सकेनन्, उनीहरुको अवस्था झन कठिन हुँदै गयो । उनीहरुलाई स्वासको समस्याबाट बिमारी शुरु हुन्थ्यो फेरि अनुहारको रंग परिवर्तन हुन्थ्यो । मर्ने बेलासम्म मानिसहरु कालो भइसक्थे । 

हरेक मृत्युको कारण भायरस थिएन । कमजोर शरीरमा मौका परस्त ब्याक्टेरियाको आक्रमण पनि हुन्थ्यो । सबैभन्दा धेरै मानिस निमोनियाका कारण मरे । 

यतिमात्र होइन । स्पेनिश फ्लूका कारण कपाल र दाँत भाचिन्थे । मानिसहरुलाई चक्कर आउँथ्यो । नीद आउँदैनथ्यो । आँखा र कानमा पनि समस्या हुन्थ्यो । यसको मनोवैज्ञानिक असर पनि हुन्थ्यो । मानिसहरु पीडा र छटपटिमा हुन्थे । यसलाई पोस्ट भायरल डिप्रेशन भनिन्छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »