मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आन्दोलन नरोकिने

२८ जेठ २०७६
banner

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ ।

महासंघका महासचिव रमेश विष्टले सो विधेयक फिर्ता नभएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएका हुन् । उनले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्न पनि चासो नदिएको भन्दै दुःख पनि व्यक्त गरे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विष्टले आफूहरुको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिएको भन्दै आपत्ति पनि जनाए ।

नेपाल पत्रकार महासंघले सरकारले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याएको दावी गर्दै त्यसलाई फिर्ता लिन तेस्रो चरणको दवाव आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ । 

जससार असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान संचालन गर्ने, असार ६ गते सो हस्ताक्षर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध कार्टुन प्रर्दशनी गरिनेछ ।

महासंघका महासचिव विष्टले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा आयोजना गर्ने, असार २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम पनि तय गरिएको जानकारी दिए ।
 

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l