मलेसियामै मलेसियालाई चुनौती दिने यस्तो छ नेपालको तयारी (फोटोफिचर)

१८ जेठ २०७६
banner

तस्वीर : एसके शर्मा/डिसीनेपाल

काठमाडौ । नेपाली फुटबल टिम यति बेला मलेसियामा छ । मलेसियासँग आइतबार मैत्रीपूर्ण खेल खेल्न नेपाली टिम मलेसियामा कडा अभ्यास गरिरहेको छ । 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले  खेलअघि आयोजित पत्रकार सम्मेलनमा बलियो टिम मलेसियालाई चुनौती दिन आफु तयार रहेको बताए । 

उनले मलेसियन टिम निकै बलियो रहेको बताउँदै जित निकाल्नेमा आफु आशावादी रहेको उल्लेख गरे । ‘मलेसियन टिम नेपालभन्दा बलियो छ । हामी राम्रो फुटबल खेल्दै जित्नको लागि खेल्नेछौँ ’, कालिनले भने ।

कप्तान विराज महर्जनले पनि नेपाली टिम आत्मविश्वासका साथ मैदानमा उत्रिने बताएका छन् । 

खेल मलेसियाको बुरीत जालिल राष्ट्रिय मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ ।

फिफा बरियतामा नेपाल १ सय ६१ औ स्थानमा रहँदा मलेसिया १ सय ६८ औ स्थानमा रहेको छ । फिफा बरियतामा नेपाल माथि देखिए पनि प्राविधिक रुपमा मलेसिया बलियो टिम हो । 

विश्वकप छनोटको तयारीमा रहेको नेपालले मैत्रिपुर्ण खेललाई विशेष तयारीका रुपमा लिएको छ । मुख्य प्रशिक्षक योहान कालिनले स्ट्राइकरद्वय विमल घर्ति मगर र भरत खवासलाई टिम बाहिर राख्दै नेपाली टिम तयार गरेका छन् ।

उनले फरवार्ड लाईनमा अभिषेक रिजाललाई मौका दिएका छन् । उनी पहिलो पटक टिममा परेका हुन् । कालिनले यसअघि कुवेत भ्रमणमा रहेका रवि पासवान, अजित भण्डारी, विमल राना, रवि सिलवाल र सन्तोष तामाङलाई दोस्रो मैत्रिपुर्ण भ्रमणमा समावेश गरेका छन् ।

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l