जँड्याहा साथीलाई सिकाए यस्तो पाठ, अब जीवनभर छुने छैनन् मदिरा

२६ आश्विन २०७५

banner

एजेन्सी। मदिराको लत कैयौं पटक प्राणघातक पनि हुन सक्छ । आफ्नो एक साथीको यस्तै रक्सीको लतका कारण हैररान भएका साथीहरुले उनलाई यस्तो पाठ सिकाए कि त्यसपछि ती व्यक्तिले महिल्यै मदिरालाई हात पनि लगाएनन् । अमेरिकाका टम नामका ती व्यक्तिलाई अत्याधिक मदिरा पिउने लत थियो । उनी पिएर गाडी चलाउँथे जुन उनका साथी रे लाई ठिक लाग्दैनथ्यो । कैयौं पटक टम नशामा गाडी चलाउँदा दुर्घटनामा परिसकेका थिए । यति हुँदा पनि उनले आफ्नो र अरुको ज्यान जोखिममा पार्न छोडेनन् । 

टमको बानीले हैरान भएका साथी रे ले अन्य साथीहरुसँग मिलेर योजना बनाए । सबै साथीहरुले एउटा पार्टी आयोजना गरे । पार्टीमा टमलाई पनि बोलाइयो । टमले सधैंझैं अत्याधिक मदिरा पिउँछन् । त्यसपछि उनी बेपत्ता हुन्छन् । रे हेर्न जान्छन् कि टम कहाँ गए । टम आफ्नो कारमा भेटिए । अत्याधिक पिएका कारण उनी बेहोसीको हालतमा सुतेका थिए । टम सुतेपछि साथीहरुले अर्को खेल सुरु गर्छन् । 

साथीहरुले टमलाई उठाएर एक साथीको खाली कोठामा लिएर जान्छन् । यहाँ योजनाअनुसार सबै साथीहरुले एउटा नक्कली अस्पतालको सेटिङ गर्छन् । बेडदेखि केही नक्कली मेसिन यहाँ जडान गरिन्छ । अस्पतालबाट भाडामा लिइएको बेडमा टमलाई सुताउँछन् । एक युवतीलाई नर्सको अभिनय गर्नको लागि त्यहाँ राखिन्छ । भोलिपल्ट टम बिउँझिँदा आफूलाई अस्पतालमा भेटेपछि अचम्म पर्छन् । उनको छेउमा एउटी नर्स उभिएकी थियन् जसले उनको हालचाल सोध्छिन् । 

त्यसपछि रे डाक्टरको भेषमा आउँछन् । रेले टमलाई यस्तो खबर सुनाउँछन् कि टमहो होसहवास उड्छ । रेले भन्छन् ‘टम तिमी १० वर्ष पछि कोमाबाट होसमा आएका हौ । तिम्रो रक्सीको नशामा भयानक दुर्घटना भएको थियो त्यसपछि तिमी कोमामा गएका थियौ ।’ यो सुनेर टमको बोली बन्द हुन्छ । उनलाई लाग्छ कि यो सबै सत्य हो । एकैछिनपछि रेले मुखबाट डाक्टरको मास्क हटाएर टमलाई कुट्न थाल्छन् अनि भन्छन् यो सबै सत्य पनि हुन सक्छ यदि उनले नशामा गाडी चलाउन छोडेनन् भने । त्यसपछि टमलाई गल्ती महसुस भयो । उनले कसम खाए कि अब कहिल्यै रक्सी छुने पनि छैनन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष