प्रदेश नं ५ का लेखा समिति सभापतिद्वारा गाडी फिर्ता

२८ पौष २०७५
banner

प्रतिनिधिमुलक तस्बीर

खस्यौली । प्रदेश नं ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी आज फिर्ता गरेका छन् । 

उनले सचिवालयको जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई लु १ झ ४४१ नं को गाडीको साँचो फिर्ता गरेका हुन् । केही दिनयतादेखि गाडी खरीदमा अनियमितता भएको भन्दै समाचार बाहिर आएको थियो । 

“गाडीको कागजात झिकाइ छानबिन शुरु गरेकाले गाडी चढ्नु उपयुक्त नहुने भएकाले नैतिकताको आधारमा गाडी फिर्ता गरेको छु”, सभापति चौधरीले भने, “प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई १३ वटा गाडी खरीद गरेको थियो ।” 

यसैबीच सार्वजनिक लेखा समितिले खरीद गरिएका सबै गाडीको फाइल झिकाएर छानबिन प्रक्रिया शुरु गरेको छ । समितिको आज बसेको बैठकमा गाडीको विषयमा बाहिर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खरीद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको छ । 

कार्यदलमा वैजनाथ जयसवाल र कल्पना पाण्डे सदस्य हुनुहुन्छ । संयोजक पोखरेल नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट प्रदेशसभा सदस्य हुन भने पाण्डे राष्ट्रिय जनता पार्टी र जयसवाल नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेश सदस्य हुन् । 
 

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |