विप्लव समूहमाथिको प्रतिवन्धको समर्थनमा काँग्रेस नेता गगन थापा

३० फाल्गुन २०७५
banner

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्धको कतै विरोध र कतै समर्थन भइरहेका बेला काँग्रेस नेता तथा सांसद गगन थापाले प्रतिबन्धको समर्थन गरेका छन् ।

उनले बिहीबार एक ट्वीट गर्दै संविधानसम्मत प्रतिबन्धको समर्थन गरिने बताएका छन् । 

उनले लेखेका छन्, ‘व्यक्तिहत्यामा आधारित राजनीति क्रान्तिकारिता नभई कायरता हो । वार्ताको ढोका बन्द नगरी आतंकका विरुद्ध सरकारले संविधानको दायरामा रहेर गर्ने नियन्त्रणको समर्थन छ।’ 

 

थापाले प्रतिबन्धको समर्थन गरे पनि वार्ताको ढोका भने खुला रहनुपर्ने बताएका छन् । उनले व्यक्ति हत्यामा आधारित राजनीति क्रान्तिकारित हुन नसक्ने भन्दै सरकारले संविधानको दायरामा रहेर गरिने नियन्त्रण उपयुक्त भएको बताएका छन् । 

उनले ट्वीटमा १० वर्षे शसस्त्र द्वन्द्व गरेको तत्कालिन माओवादीका नेताहरुले पनि आफ्नो गल्ती स्वीकार गर्नुपर्ने बेला भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘हिजो क्रान्तिका नाममा ‘बादल’ले जे गरे त्यो पनि कायरतापूर्ण कृत्य नै रहेछ भन्ने रामबहादुर थापाले अब त स्वीकार्नु होला कि ?’ 

राजधानी लगायत देशका विभिन्न स्थानमा बम विष्फोट तथा चन्दा आतंक मच्चाएपछि सरकारले संगठति अपराध ऐन अन्तगर्त रहेर सो समूहमाथि प्रतिबन्ध लगाएको छ ।

 

 

गएको सोमबारको क्याविनेटले सो प्रतिबन्ध लगाउने निर्णय गरेको बिहीबार क्याविनेट निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना संचारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका थिए । उनले सो समूहलाई ३५ दिन भित्र सबै हतियार बुझाउन पनि सरकारले अल्टिमेटम दिएको बताएका छन् । 

तर, सरकारको यो निर्णयमा सत्तारुढ दल नेकपाका केही नेताहरु र मोहन वैद्यलगायतकाहरुले भने विरोध गरेका छन् ।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |