पशुपतिमा यसरी गरियो गाईपूजा (फोटोफिचर)

२१ कार्तिक २०७५

banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौँ। हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको आज तेस्रो दिन। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ।

कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ। शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको छ।

 

 

सोही अवसरमा पशुपतिनाथ मन्दिर नजिक पनि गाईहरुको सामूहिक पूजा गरिएको छ। त्यहाँ रहेका बटुकहरुले गाईलाई टिका लगाई पूजागरी खानेकुरा दिएका हुन्। आजकै दिन रक्षाबन्धनका दिन हातमा बाधिएको डोरो फुकालेर गाईको पुच्छरमा बाँच्ने चलन समेत रहि आएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »