गजल - 'साथ दिन्छु' - दीपक एम. सी.

९ मङ्सिर २०७५

banner

                 गजल

यो संसार बिरानी बन्दा सम्म साथ दिन्छु।
म जली खरानी बन्दा सम्म साथ दिन्छु।

ए निष्ठुरी किन कठोर बनाउँछौ त्यो मन,
पत्थर पग्लेर पानी बन्दा सम्म साथ दिन्छु।

मुना मदन, लैला मजनु सबैलाई बिर्षाइदिने
हाम्रो प्रेम कहानी बन्दा सम्म साथ दिन्छु।

तिम्रो नजरमा म पागल बाटफेरिएर
निश्चल ज्ञानी बन्दा सम्म साथ दिन्छु।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष