गजल- जलाएर गईन्

२७ पौष २०७५
banner

                 गजल

जल्दै थिएँ उन्ले झनै जलाएर गईन्
अनायासै जिन्दगी यो चलाएर गईन्

शिखरमा पुग्छु भन्दै यात्रा जारी थियो
कहाँबाट आईन् कुन्नि गलाएर गईन्

जिन्दगीको चोट खप्न नसकेर ढलें
उठ्दै थिएँ फेरि पनि ढलाएर गईन्

मायामा त अमृत पो फुल्छ फल्छ भन्थें
तर बिष लाग्ने माया फलाएर गईन्

पर्खी बसें मिठो संगम होला कि त भन्दै
आखिरीमा पिरती नै नलाएर गईन्

सुनिल संगम

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |