
घरकै पिरले सताउछ मन जल्छ आमा !
अर्धचेत भै प्रदेश मा शरीर ढल्छ आमा !
दु:ख परे साथ दिने छैनन् कोहि साथमा,
भाग्य पनि खोटो भै मैलाई छल्छ आमा !
मेसिनको झै काम यता दु:ख पनि अति ,
थकित हुन्छु मेरो शरीर सार्है गल्छ आमा!
हर रात सपनी मा गाउकै झल्को आउदा,
बिपनिमा मेरो मनमा आधी चल्छ आमा!
अघाइ सके प्रदेशमा फर्की आउछु गाउमै,
गाउकै खेतमा मानो रोपे मुरि फल्छ आमा !
सबिता बिष्ट
हाल नर्थ करोलिना, अमेरिका