एनसेलले ल्यायो ‘गज्जबको डेटा प्याक’ योजना

२१ माघ २०७५
banner

काठमाडौँ । एनसेलले आफ्ना ग्राहकहरुका लागि सुलभ दरमा नयाँ अल टाइम इन्टरनेट प्याक योजना ल्याएको छ। एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक नयाँ डेटा प्याक सार्बजनिक गरेको हो।

आज सोमबार बाट लागु हुने नयाँ डेटा प्याक अनुसार ग्राहकले आफ्नो आवश्यकताअनुसार ७५ एमबीदेखि ३ जिबीसम्मका विभिन्न प्याकेज लिन सक्ने छन्।

नयाँ डेटा प्याक अनुसार ग्राहकले एक दिनका लागि १५ रुपैयाँमा ७५ एमबी डेटा प्याक लिन पाउँनेछन् । जसको कर सहित १९ रुपैयाँ १५ पैसा लाग्ने छ। त्यस्तैगरी तीन दिनका लागि नयाँ डेटा प्याक लिन चाहेमा रु ३५ रुपैयाँमा २०० एमबी डेटा प्याक लिन सक्ने छन्।

७५ रुपैयाँ (करसहित ९५ रुपैयाँ ७७ पैसा) मा ५०० एमबी डेटा प्याक रु खरिद गर्न सकिनेछ। जसको समयसिमा ७ दिनको हुनेछ भने धेरै डेटा प्रयोग गर्ने ग्राहकहरुले ३० दिनको समय रहने तीन जीबी डेटा प्याक रु ३५५ (रु ४५३.३० करसहित) मा लिन सकिनेछ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार पनि गज्जबका प्याकहरु लिन सक्ने एनसेलले जनाएको छ। 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l