क्रिकेट प्रेमी युवाहरूद्वारा गौतमबुद्ध क्रिकेट स्टेडियमका लागि आर्थिक सहयोग 

२ बैशाख २०७६
banner

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसन मार्फत चितवनको भरतपुरमा बन्न लागेको गौतमबुद्ध क्रिकेट स्टेडियमका लागि क्रिकेट प्रेमी युवाहरुले १ लाख ४१ हजार १ सइ ११ रुपैयाँ सहयोग गरेका छन् ।

सोमबार भद्रगोलका चर्चित कलाकार कुमार कट्टेल (जिग्री) अर्जुन घिमिरे (पाँडे)अशोक धिताल (बाहुन डन) मार्फत अभियान्ता जनक वस्नेत र कुमार बिक्रम अधिकारीले फाउन्डेसनलाई रकम हस्तान्तरण गरेका हुन् ।

 हाल मलेसियामा रहेका बिष्णु धितालको संयोजनमा मलेसियामै कार्यरत केशब भट्टराई,र नेपालमा जनक बस्नेत र दिपक दवाडीको अगुवाईमा देश तथा बिदेशमा रहेका क्रिकेट प्रेमी युवाहरुले यो रकम सहयोग गरेका हुन् ।

राष्ट्रनिर्माणको यो महान अभियानमा आफूहरूले एउटा सानो इट्टा थप्ने कोसिस मात्र गरेको र आगामी दिनमा पनि विभिन्न सहयोग गर्ने पनि संयोजक विष्णु धितालले बताए ।

 


 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l