तीनतले घरको छतबाट खसेर मृत्यु

१८ मङ्सिर २०७५

banner

सांकेतिक तस्विर

भक्तपुर । चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वती खेलका ७३ वर्षीय धनबहादुर श्रेष्ठको तीनतले घरको छतबाट खसेर मृत्यु भएको छ । 

छिमेकी नवीना श्रेष्ठको घरको छतमा घाम ताप्न गएका श्रेष्ठ सोही घरको छतबाट खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिले जानकारी दिएको छ । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष