हराएको ९ वर्षपछि अचानक समुद्रमा भेटियो जहाज, सुरक्षाकर्मी जहाजमा गएर हेर्दा सातो गयो

२५ आश्विन २०७५

banner

गत महिना हिन्द महासागरमा निकै आश्चर्यजनक घटना भयो । म्यानमारजिकै भएको यो घटनाले संसारभर सनसनी मच्चाइरहेको छ । यहाँ समुद्री सुरक्षाकर्मीले समुद्रमा एउटा जहाज तैरिरहेको देखे । आश्चर्यको कुरा के भने यो जहाज ९ वर्षअगाडि समुद्रबाटै बेपत्ता भएको थियो । अचानक म्यानमारनजिकै देखिएको यो जहाजमा गएर कोष्टकार्डले जाँच गर्दा उनीहरुको सातो गयो । किनकि न जहाजमा कुनै सामान थियो न चालकदलका कुनै सदस्य । यो जहाज पूरै रित्तो थियो । 

बिना चालक जहाज तैरिरहेको भेटिएपछि संसारभर यसको चर्चा बढेको छ । मानिसहरु यसलाई भुताहा जहाज भनिरहेका छन् । यो जहाजको नाम स्याम रताउलांगी पीबी १६०० हो । यो जहाजका ट्रान्सपोण्डरले पछिल्लो पटक २००९ मा ताइवाननजिकै आफू भएको खबर पठाएका थिए । त्यसपछि यो जहाज सम्पर्कविहीन भएको थियो । म्यानमारको समुद्री इलाकामा यसरी बेवारिसे जहाज देखिएको यो पहिलो घटना हो । 

म्यानमारको राजधानीको समुद्र तटबाट करिब ११ किलोमिटर टाढा मर्तबानको खाडीमा सबैभन्दा पहिले माझीहरुले यो जहाज देखेका थिए । यांगुन प्रहरीले फेसबुकमा लेखेको छ ‘जहाज देखिएपछि प्रहरी त्यहाँ गएर जाँच गरेको थियो । जहाजमा न कुनै सामान थियो न कुनै चालक दलका सदस्य थिए । जहाजमा इण्डोनेशियाको झण्डा लगाइएको थियो ।’ संसारभरका जहाजको रेकर्ड राख्ने मरिन ट्राफिक वेबसाइटका अनुसार यो जहाज २००१ मा बनेको थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »