जसका लागि घर परिवार त्यागिन्, उसैले धोका दिएपछि रेलको ट्र्याकमा सुतेर...

२७ पौष २०७५
banner


एजेन्सी । विद्यालयमा पढाईका क्रममा एक युवक र युवतीबीच फेसबुकका माध्यमबाट मित्रता भयो । यो मित्रता प्रेममा बदलियो । युवती युवकसँग बिहे गर्न चाहन्थिइन् । यसै कारण उनी युवकसँग भेट गर्न बिहीबार बाराद्वार पुगिन् ।

युवकले पहिला आफ्ना परिवारलाई बिहेका लागि मनाउन भने अनिमात्र बिहे गर्ने भने । त्यसपछि ती युवती आत्महत्या गर्न भन्दै रेलको ट््रयाकमा सुतिन् । प्रहरीलाई सूचना दिएर ती युवतीलाई बचाइयो । 

यसपछि युवती आफैले यस्ता युवकसँग बिहे नगर्ने घोषणा गरिन् । बाराद्वार थाना प्रभारी राजकुमार लहेरेका अनुसार बाराद्वार वार्ड नम्बर ६ निवासी प्रवीण कुमार बरेठ दुई वर्ष पहिला कलेजको पढाइका लागि बिलासपुर गएका थिए । त्यहाँ उनको मित्रता फेसबुकका माध्यमबाट एक युवतीसँग भयो ।

दुवै एकअर्कालाई प्रेम गर्थे । युवतीले दावी गरेकी छन्की ती युवकले उनीसँग बिहे गर्ने बाचा गरेका थिए । यसैले उनी बिहीबार युवकसँग भेट र्ग आएकी थिइन् ।

दुबैको भेट रेल वे स्टेशन नजिकै भयो । युवतीले युवकमाथि बिहेका लागि दबाब दिइन् । तर, युवकले आफ्नो परवारलाई मनाउन नसक्ने भन्दै बिहे गर्न अस्वीकार गरे । यसैले उसले युवतीलाई उसको घर फिर्ता पठाउन खोजे । 

युवती युवकको यो कुराबाट दुखी भइन् । युवतीले बिहेका लागि आफ्नो घर परिवार त्यागेर आएको बताइन् ।

फिर्ता गएपछि बदनाम हुने बताइन् । यसै कारण दुखित युवतीले आत्महत्या गर्ने प्रयास गरिन् । यसैबीच युवकले प्रहरीलाई फोन गरेर सूचना दिए । त्यसपछि प्रहरीले उनलाई आत्महत्या गर्नबाट रोक्यो । 

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |