दक्षिण एसियामा कुल जनसंख्याको २० प्रतिशत जनता मानसिक रोगी

२५ आश्विन २०७५
banner

लण्डन । सरकार, विश्व स्वास्थ्य संगठन, आर्थिक सहयोग र विकाससम्बन्धी संगठन (ओइसीडी) को संयुक्त आयोजनामा लण्डनमा मानसिक स्वास्थ्य सम्बन्धीत मन्त्रीस्तरिय विश्व सम्मेलन सम्पन्न भएको छ। एक्काइसौँ शताब्दीमा मानसिक स्वास्थ्यमा समानता प्राप्तको लक्ष्य निर्दिष्ट विश्व घोषणापत्र जारी गर्दै उक्त सम्मेलन सकिएको हो। 

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै उप प्रधानमन्त्री तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवले पूर्ण सत्रलाई सम्बोधन गर्दै मानसिक स्वास्थ्य समस्या अल्प विकसित र विकासोन्मुक राष्ट्रहरुमा मात्र नभइ विश्वसमुदायमै गम्भिर समस्या रहेको बताए।

निम्न तथा मध्यम आय भएका मुलुकका हरेक पाँच जनामा मानसिक रोगको समस्या रहेको उल्लेख गर्दै यादवले दक्षिण एसियामा कुल जनसंख्याको २० प्रतिशत जनता मानसिक समस्याबाट ग्रसित रहेको जानकारी दिए। 

उनले नेपाली पनि मानसिक रोगको समस्याबाट अलग हुन नसकेको बताउँदै उनले यसको कारण अशिक्षा, बेरोजगार, बसाइसराई, प्राकृतिक प्रकोप रहेको उल्लेख गरे। 
सम्मेलनका बारेमा थप जानकारी विज्ञप्तिमा  

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l