गोकुल खड्काका ३ वटा कृति बजारमा

१० मङ्सिर २०७५
banner

काठमाडौं। लेखक गोकुल खड्काले ‘बाल–कथासंग्रह’, ‘बाल–कवितासंग्रह’ र ‘बाल गीतसंग्रह’ प्रकाशनमा ल्याएका छन् । उनले स्कुले बालबालिकाहरुलाई लक्षित गरी शब्दार्थ प्रकाशनमार्फत यी पुस्तक प्रकाशनमा ल्याएका हुन् ।

‘कथैकथा’ नामक बाल–कथासंग्रहमा ‘धोकेबाज साथी, साथीको असली रुप, घमण्डी सानो बाबु, चोरको अर्ती, राक्षस कि भ्ल्याक्षस र उँट र लाटोकोसेरोको मित्रता’ शिर्षकमा छ वटा कथाहरु छन् । त्यस्तै ‘लालाबाला’ नामक बाल–कवितासंग्रहमा ‘छुच्चो मास्टर, कमजोर नसोच, मेरो माया, साथी, तिमी र म, आज म कोपिला, ज्ञानी नानी, सानी छोरी, पढ्ने बानी गरलगायतका २२ वटा कविताहरु यसमा समाबेश गरिएका छन् ।

त्यसैगरी उनकै अर्को प्रकाशन ‘सुसेली’ नामक बाल–गीतसंग्रहमा रमाइला २२ वटा गीतहरु समाबेश गरिएका छन् । उनका यि तीनवटै कृतीहरुलाई विकुशले लेआउट गरेका छन् भने मुद्रक शिखर समुद्र अफसेट रहेको छ ।
 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।