सुनको मूल्यले बनायो नयाँ रेकर्ड, केही वर्ष यताकै महंगो

२६ आश्विन २०७५
banner

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ७ सयले बढेको हो। 

आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य केही वर्ष यताकै महंगो हो। यसअघि २०६९ सालमा सुनको मूल्य ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसयता सुनको मूल्य ६० हजारभन्दा कमकै मूल्यमा कारोबार भइहेको थियो। 

डलरको भाउँ बढ्दै गएपछि सुनको मूल्य पनि बढ्दै गएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै आज चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ बिहीबारको तुलनामा ५ रुपैयाँले महंगो भएको हो। 

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।