आज घट्यो सुनको मुल्य, तोलाको कति छ ? हेर्नुहोस् ...

३० फाल्गुन २०७५
banner

काठमाडौं । आज बिहीबार सुनको मुल्य ओरालो लागेको छ। बुधबारको तुलनामा आज सुन १ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

सुनको मुल्य बढेपनि आज चाँदीको मुल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ।

 काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |