आज ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति छ ? हेर्नुहोस् ...

१ जेठ २०७६
banner

काठमाडौं । आज बुधबार सुनको भाउ ह्वात्तै घटेको छ। हिजो एकै दिन एक हजार रुपैयाँ बढेर प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ४ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोल ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

त्यस्तै आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदीको मूल्य प्रतितोला ७२५ रुपैयाँ रहेको छ। 

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ। 

ताजा भिडियो

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |

संसदमा उठबस, व्यंग्य र आक्राेश | Samsad Baithak |

कंग्रेस छायाँ सरकारमाथि महेश बस्नेतको प्रहार । Mahesh Basnet l