आज ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुहोस् तोलाको कति छ ?

१ चैत्र २०७५
banner

काठमाडौं । आज शुक्रबार पनि सुनको मुल्य ओरालो लागेको छ। बिहिबारको तुलनामा आज सुन ५ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबार छापावाल सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मुल्य बढेसँगै आज चाँदीको मुल्य भने यथावत रहेको छ। हिजो प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको चाँदी १० रुपैयाँले घटेर आज प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l