युरोपियन गोल्डेन बुटमा मेस्सीलाई जित्न सक्लान् त एम्बाप्पेले, आज छिनोफानो हुँदै 

१० जेठ २०७६
banner

काठमाडौं। युरोपियन गोल्डेन बुटको छिनोफानो आज हुँदैछ । आज राती फ्रान्सको लिग वनमा पिएसजी र स्टेड रेम्स खेल्दैछन् । यो खेलसँगै यो सिजनको लागि गोल्डेन बुटको छिनोफानो हुनेछ । यो खेलमा पिएसजीका युवा खेलाडी किलियन एम्बाप्पेले कति गोल गर्न सक्छन् भन्ने कुरालो गोल्डेन बुटको फैसला हुनेछ । 

अहिलेसम्म यगोल्डेन बुटको दौडमा शीर्ष स्थानमा बार्सिलोनाका लियोनेल मेस्सी छन् । दोस्रो  स्थानमा पिएसजीका किलियन एम्बाप्पे छन् । मेस्सीले ला लिगामा ३६ गोल गरेका छन् र उनको ला लिगाको सबै खेल सकिइसकेको छ । दोस्रो स्थानमा रहेका एम्बाप्पेको ३२ गोल छ र उनी फ्रान्सको लिग वमा एक खेल खेल्न बाँकी छ । त्यो एक खेल आज राती हुँदैछ । 

यदि आज राती एम्बाप्पेले ४ गोल गर्न सके भने मेस्सीसँग गोल्डेन बुट बाँड्नेछन् । उनले ४ भन्दा धेरै गोल गर्न सके भने गोल्डेन बुट उनी एक्लैको हुनेछ । तर आज उनले कम्तीमा ४ गोल गर्न सकेन् भने गोल्डेन बुटको हकदार मेस्सी हुनेछन् । यो सिजनको गोल्डेन बुटमा एम्बाप्पेले मेस्सीलाई कडा टक्कर दिने अनुमान गरिए पनि एम्बाप्पे पछिल्ला ३ खेलमा प्रतिबन्धमा परेपछि पछि परेका हुन् । 

यद्यपि एम्बाप्पेको लागि यो असम्भव भने छैन । गएको अक्टोबरमा एम्बाप्पेले लियोनसँगको खेलमा १३ मिनेटभित्र एक्लै ४ गोल गरिसकेका हुन् । उनी अहिले पनि उच्च फर्ममा छन् । उनको फर्मलाई हेर्दा उनले केही चमत्कार गरिहाल्ने सम्भावनालाई पनि नकार्न भने सकिँदैन ।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli