क्रान्तिकारी पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोपाल जिसी

२० मङ्सिर २०७५
banner

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं ४ को भेला भव्य रुपमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ कास्की शाखाको भवनमा बिहीबार सम्पन्न भएको भेलाले नवदृष्टि डटकमका प्रधान सम्पादक गोपाल जिसीको नेतृत्वमा एक सदस्य पछि थप्ने गरी ७ सदस्यीय कार्यसमिति चयन गरेको छ।

सदस्यहरुमा नेपाल पत्रकार महासंघ नवलपुरका सदस्य सञ्जय तिवारी, वर्गदृष्टि साप्ताहिकका संवाददाता राजेन्द्र सुवेदी, रेडियो कुसुमका समाचार वाचक निर्मल पौडेल, दाउन्ने साप्ताहिककी संवाददाता शोभा जिसी, रेडियो वुर्तिवाङका सुमन विश्वकर्मालगायत रहेका छन्। 

भेलाको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउतले मैनबत्ती बालेर गरेका थिए। भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ, केन्द्रीय समितिका कार्यालय सदस्य लोकराज जैसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघका कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण बास्तोला लगायतका पत्रकार नेताहरुको उपस्थिति रहेको थियो भने क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा ४ नं.प्रदेश सचिव श्रीनाथ अधिकारी, सोही पार्टीका पिविएम तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं. प्रदेश संयोजक केशबहादुर परियार, पार्टी केस नारायण अधिकारी, पार्टी कास्की सचिव कर्णबहादुर पुन, क्रान्तिकारी बुद्धिजीबी परशुराम कोइराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

‘राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा पत्रकारको भूमिका’ विषयक अन्तक्र्रिया समेत राखिएको भेलालाई सम्बोधन गर्दै भेलाका विशेष अतिथि क्रान्तिकारी माओवादीका नेता श्रीनाथ अधिकारीले पत्रकारहरुले देश र जनतालाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्ने विचार व्यक्त गरे।

भेला तथा अन्तक्र्रियाका प्रमुख अतिथि तथा संगठनका अध्यक्ष इन्द्र राउतले मूलधारका मिडियाहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई स्थान नदिने गरेको चर्चा गर्दै मिडियाका कन्टेन्टहरु कर्पोरेट हाउसहरु, बहुराष्ट्रिय कम्पनी, सत्ता र शक्तिको प्रभाव अनुसार निर्धारण हुने गरेको आरोप लगाए।

अध्यक्ष राउतले सरकारले ल्याएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी संहिताहरु तत्काल खारेज नगरे क्रान्तिकारी पत्रकार महासंघको नेतृत्वमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I