गाइड लाईसेन्स् बापत लिने रकम खारेजी गर्न टानकाे माग

२६ चैत्र २०७५
banner

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले गाइड लाइसेन्स बाफत लिने रकम खारेजी गर्न ट्रेकिङ्ग एजेन्सिज् एसोसियसन नेपाल (टान)ले माग गरेको छ।

मंगलबार नेपाल पर्यटन बोर्डमा भएको एक कार्यक्रममा सगरमाथा राष्ट्रिय निकुञ्जले गाइड लाइसेन्स बाफत लिने गरेको १५ सय रुपैयाँको खारेजी गर्नका लागि नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र पर्यटन मन्त्रालयसंग माग गरेको छ।

मंगलबार पर्यटन क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरुका विषयमा बृहत छलफल गर्न साधारण सदस्यहरुको विशेष भेलाले मजदुर तथा गाइडहरुलाई पर्न गएको मर्कालाई तुरुन्त फुकाउ गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरेको हाे।

ट्रेकिङ्ग एजेन्सिज् एसोसियसन नेपाल (टान)का अध्यक्ष नवराज दाहालले भने, ‘हामीले यो समस्या समाधान गर्नका लागि धेरै पहल गर्दा पनि समस्याको समाधान भएन। त्यस्तै अन्य समस्याहरुलाई सहज गर्न, आगामी दिनमा टानलाई मजबुद बनाउन बृहत् भेला आयोजना गरेका हौं।’

पर्यटन व्यवसायी तथा टानका सदस्यहरुले पनि आगामी दिनमा टानलाई उचाईमा पुर्याउन कार्य समितिले संस्थागत रुपमा सबै निकायसंग सकारात्मक हुनुपर्ने बताएका थिए। 

छलफलपछि पदयात्रा गर्ने पर्यटकले अनिवार्य रुपमा इजाजत प्राप्त ट्रेकिंग कम्पनी मार्फत अनुमतिपत्र लाइसेन्स प्राप्त पथप्रदर्शक वा सहयोगी अनिवार्य साथमा लिएर जाने व्यवस्था कायम गर्न सम्बन्धित् सबै निकायसंग माग गरेका छन्।

त्यस्तै टिम्सको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, फिट टिम्स पूर्ण रुपमा बन्द गरि ग्रुप टिम्स मात्र कार्यान्वयन गराउने, टान र मजदुर युनियनबीच गरिएको नयाँ सम्झौता बारे छलफल भएको टानका मिडिया तथा कम्युनिकेशन विभाग संयोजक गोपाल श्रेष्ठले बताए।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l