गोर्खा सैनिकको माग सम्बोधन गर्न ब्रिटिस सरकारसँग पहल गरिदिन सरकारसँग माग

१ चैत्र २०७५
banner

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले गोर्खा भूतपूर्व सैनिकहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न बेलायत सरकारसँग तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।

संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्य दिव्यमणि राजभण्डारीले गोर्खा भूतपूर्व सैनिक संघहरुको पेन्सनलगायतका माग सम्बोधन गर्न तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन्। उनले बेलायत सरकारले गोर्खा भूतपूर्व सैनिक संघहरुलाई दिने पेन्सनलगायतको सेवा, सुविधामा विभेद गरिरहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न परराष्ट्रमन्त्री नेतृत्वकै एक उच्च समिति गठन गर्न पनि माग गरे।

समितिका अर्का सदस्य भीम रावलले भूतपूर्व गोखा सैनिकहरुलाई बेलायत सरकारले दिने पेन्सनलगायतका सेवा सुविधामा विभेद गरेको भन्दै सो समस्या समाधान लागि पहल नगरेकोमा सरकारको आलोचना गरे। उनले गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग तत्काल कूटनीतिक पहल गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भने सरकार गोर्खा भूतपूर्व सैनिकहरुको माग सम्बोधन गराउन बेलायत सरकारसँग प्रयासरत रहेको बताए। उनले गोर्खा सैनिकहरुलाई समानताको आधारमा पेन्सनलगायतका सेवा, सुविधा उपलब्ध गराउन तथा उनीहरुको बलिदानको उचित कदर हुने गरी बेलायत सरकारसँग कूटनीतिक पहल गर्न तयार रहेको पनि स्पष्ट पारे। बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुलाई सन्तुष्ट बनाउनुपर्ने मान्यतामा नेपाल सरकार अडिग रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ।

मन्त्री ज्ञवालीले सरकारले हालसम्म गोर्खा सैनिकमा भर्ना भएका, बलिदान दिएकाहरुको अभिलेखीकरण गर्ने कामलाई अघि बढाएको पनि समितिलाई जानकारी दिए। उनले हरेक देशका छुट्टाछुट्टै सूचना प्रणालीहरु भएकाले त्यस काममा केही ढिलाई भएपनि सरकारले सो सम्बन्धि अभिलेखीकरण गर्ने र गोर्खा भूतपूर्व सैनिकहरुको समस्या समाधान गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे। भयो ।

बैठकमा समितिका सदस्यहरुले अझै पनि गोर्खा सैनिकमा भर्ना भएकाहरुको अभिलेख समेत राख्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l