कपालमा चायाँ छ ? यी ५ मध्ये कुनै एक उपायको प्रयोग गर्नुहोस्

२५ आश्विन २०७५
banner

एजेन्सी । प्राय व्यक्ति चायाँको समस्याबाट पीडित हुने गर्दछन्। चायाँका कारण कपाल चिलाउने समस्या समेत हुने गर्दछ। धेरै चिलाउने समस्या भयोभने घाउ समेत बन्ने गर्दछ। साथै कपालको जरा समेत कमजोर हुने गर्दछन्। आज हामी तपाईलाई कुनै खास टिप्सका बारेमा जानकारी दिदैछौँ। जसको मद्दतले तपाईले चायाँको समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ। 

१) चायाँको समस्या छ भने नियमित रुपमा कपाल कोर्नुहोस्। यसो गर्दा कपालको जराबाट तेल निस्किन सहयोग पुग्दछ। यस बाहेक कपाल कोर्दा कपालको विकास पनि हुने गर्दछ। 

२) चायाँ छ भने राम्रो क्वालिटीको स्याम्पुको प्रयोग गर्नुहोस्। यस्तो हेयर प्रोड्क्टको प्रयोग गुर्नुहोस्, जसमा जिंग पाइरिथिय हुने गर्दछ। यो चायाँबाट छुटकारा दिनका लागि निकै राम्रो हुने गर्दछ। 

३) एरोवेलाको  रसले कपालको मसाज गर्नुहोस् र एक घण्टापछि चिसो पानीले धुनुहोस्। यसो गर्दा चायाँको समस्या हट्ने गर्दछ। 

४) नरिवलको तेलमा कपुर मिलाएर राख्नुहोस्। त्यसपछि नुहाउनु भन्दा १ घण्टा पहिले यसले कपालको मालिस गर्नुहोस्। नियमित रुपमा यसो गर्दा चायाँबाट छुटकारा पाउन सकिन्छ। 

५) एक गिलास पानीमा ४ चम्चा बेसन मिसाएर पेस्ट बनाउनुहोस्। त्यसपछि यसलाई कपालमा लगाए १ घण्टापछि चिसो पानीले पखाल्नुहोस्। यसो गर्दा पनि कपालको चायाँबाट छुट्कारा पाउन सकिन्छ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l