कपाल झर्ने समस्यालाई कसरी कम गर्ने ? 

२८ फाल्गुन २०७५
banner

अनुहारका साथै कपाल पनि सुन्दरताको अभिन्न अंग हो। अनुहार सुन्दर भएपनि कपाल नराम्रो भए त्यो सुन्दरतामा कमी हुन्छ।

कपाल झर्ने मुख्य कारणमा उमेरसँगै कपालको जरा कमजोर हुनु, वंशाणुगत कारण, टाइफाइड, पोषणको कमी, मानसिक तथा शारीरिक तनाव आदि हुन्। आफ्नो कपाल सुहाउँदो स्याम्पु नलगाउने, विभिन्न केमिकलको प्रयोग गर्ने, धेरै समयसम्म सफा नगर्दा पनि कपाल झर्छ।

कपाल झर्न नदिन घरमै यी उपायहरु अपनाउन सकिन्छः
१. खानामा मटर, गाँजर, काक्राँ, पालुंगो, केरा, बैगुन, स्ट्रबेरी समावेश गर्ने।

२. प्याजलाई आधा पारेर दुई भागमा काट्ने र दैनिक पाँच मिनेटसम्म तालुमा रगड्ने। त्यस्तै प्याजको रसलाई १६ मिनेटसम्म कपालको जरामा लगाएर पखाल्ने।

३. मासको दाललाई उमालेर राम्ररी पिस्ने। राती सुत्ने बेलामा यो पेस्टलाई कपालमा लगाउने। केही दिनसम्म यो प्रक्रिया दोहोर्याएमा कपाल उम्रदै जान्छ।

४. मेथीलाई रातभरी पानीमा भिजाउने र बिहान दहीमा मिसाएर कपालको जरामा लगाउने र केही समयपछि धुने।

५. जहाँ कपाल कम छ त्यहाँ हरियो धनियाँको लेप लगाउने।

६. केरामा कागतीको उमालेको रस मिसाएर कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l